Play

टेम्पल ट्री रिसोर्टको १५ औं वार्षिकोत्सव : बिभिन्न सामाजिक कार्यसहित उत्कृष्ट कर्मचारीलाई सम्मान

गुरुकुल खबर


पोखरा, पर्यटकीय राजधानी पोखराको लेकसाइडमा संचालनमा रहेको सुबिधासम्पन्न होटल ‘टेम्पल ट्री रिसोर्ट’ १६ औँ वर्षमा प्रवेश गरेको छ । रिसोर्टले आंफ्नो १५ औं बार्षिकोत्सबको सन्दर्भमा विभिन्न सामाजिक काम सहित कर्मचारीहरुलाई सम्मान गरेर मनाएको छ । आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ वरपर सरसफाई तथा डष्टविन वितरण गरेको रिसोर्टले मानव सेवा आश्रम, हेम्जामा खाद्य सामग्री समेत वितरण गरेको थियो ।

बार्षिकोत्सबको अवसरमा आयोजित एक समारोहमा रिसोर्टमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान सहित शुभकामना आदान–प्रदान गरियो । रिसोर्टमा लगातार १५ वर्षसम्म काम गर्दै आएका ऋषिराज गिरीलाई दीर्घसेवा सम्मान, १० वर्ष देखि निरन्तर रुपमा काम गर्दै आएका रमेश गुरुङ र यस वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा युरोज श्रेष्ठलाई पनि समारोहमा सम्मान गरिएको थियो ।

समारोहमा बोल्दै रिसोर्टका कार्यकारी अध्यक्ष बसन्त गौतमले टेम्पल ट्रीको स्थापनाकालदेखि हालसम्मका सङ्घर्ष तथा सफलताका क्षणहरू स्मरण गरे । नेपालको पर्यटन उद्योगमा विगत केही वर्ष यता विभिन्न खालका आरोह अवरोह आइरहेको बताउँदै उनले यतिबेला पनि अन्तर्राष्ट्रिय युद्धका कारण पर्यटन क्षेत्रमा फेरि समस्या आउन सक्ने सम्भावना रहेको बताए ।

समारोहमा बोल्दै रिसोर्टका निर्देशक प्रेमकृष्ण श्रेष्ठले रिसोर्टमा कार्यरत दक्ष तथा इमान्दार, लगनशील कर्मचारीकै कारण टेम्पल ट्री पोखराको प्रतिष्ठित रिसोर्टका रुपमा स्थापित हुन सफल भएको बताए । सफलताको पछाडि रिसोर्टका साझेदारहरुको धैर्यता तथा व्याकबोन रूपमा रहेका कर्मचारी भएको उनको भनाइ थियो । समारोहमा रिसोर्टका अपरेसन म्यानेजर सुमित भण्डारी, एचआर म्यानेजर रामकृष्ण कडेल लगायतले आआफ्नो भनाई राखेका थिए ।

रिसोर्टका निर्देशक बिमल नहर्की, निर्देशक रन्जन कृष्ण कायस्थको पनि सहभागिता रहेको उक्त समारोहमा रिसोर्टमा कार्यरत कर्मचारीहरूले विभिन्न सांस्कृतिक एबम  मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

२ चैत्र २०८२, सोमबार १०:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा