Play

निवासमा भेट्न पुगेका कांग्रेस सभापति थापा समेतलाई प्रम कार्कीको सुझाब – चुनाबमा हार भयो तर बिचलित नहुनु

गुरुकुल खबर


काठमाडौँ,  प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटबार्ता गरेका छन । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुषाल लगायतका नेताहरु प्रधानमन्त्रीसँग भेटबार्ता गर्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसंगको भेटमा कांग्रेस नेताहरुले नयाँ सरकार गठन, राजनीतिक समीकरण र समसामयिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उक्त भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी थिए ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचन सफल बनाउन नेपाली कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले  निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिईन ।

१ चैत्र २०८२, आईतवार २१:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा