काठमाडौँ, प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटबार्ता गरेका छन । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुषाल लगायतका नेताहरु प्रधानमन्त्रीसँग भेटबार्ता गर्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसंगको भेटमा कांग्रेस नेताहरुले नयाँ सरकार गठन, राजनीतिक समीकरण र समसामयिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उक्त भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी थिए ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचन सफल बनाउन नेपाली कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिईन ।















