पोखरा, कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल ‘गनेस’ विजयी भएका छन् । आंफ्नो निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका तिलक रानाभाटको भन्दा करिब २९ हजार बढी मत पाएर पौडेल प्रतिनिधिसभा सदस्य अर्थात सांसदमा बिजयी भएका हुन। कास्की क्षेत्र नम्बर १ मा ७० हजार १५० मत खसेको थियो ।
सांसदमा निर्बाचित पौडेलले ३९ हजार ८ सय ८३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका उम्मेदवार रानाभाटले ११ हजार २१४ मत मात्र प्राप्त गरेका थिए । यस्तै नेकपा एमालेका उम्मेदवार वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत मात्र पाएका छन् । सोहि क्षेत्रबाट उमेदवारी दिएका नेकपाका उम्मेदवार राजकाजी गुरुङले २ हजार ४७९ मतमा सिमिति हुन पुगे। कास्की क्षेत्र न. १ मा बहुपक्षिय अर्थात उल्लिखित ४ वटा दलका उमेदवारको बिचमा प्रतिष्पर्धा हुने अनुमान गरिएको भएपनि रास्वपाका उमेदवार गनेश पौडेल प्रतिष्पर्धा बिहिन ढंगबाट बिजयी हुन पुगेका छन।
कास्की -१ बाट विजयी पौडेललाई कास्कीका मुख्य निर्बाचन अधिकृत, कास्कीका प्रमुख जिल्ला अधिकारी, सोहि क्षेत्रका निर्बाचन अधिकृत र नेपाली काँग्रेस र नेकपा एमालेका उमेदवारहरु लगायत उनका प्रतिष्पर्धीहरुले बधाई र शुभकामना प्रकट गरेका थिए ।
राजनीतिक रुपमा भन्दा पनि लेखकको पहिचान बनाएका पौडेल यस अगाडिको स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारको रुपमा चुनाब लडेका थिए। उनि त्यसबेला लौरो चुनाब चिन्ह लिएर उमेदवार बनेपछि काठमाडौँमा पनि लौरो चुनाब चिन्ह लिएर मेयरमा चुनाब लडेर विजय प्राप्त गरेका बालेन्द्र शाहसंग निकट हुन पुगेका थिए। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबिच एकीकरण भएपछि पौडेल पनि बालेन्द्रको कोटाबाट रास्वपाको केन्द्रीय सदस्य बन्नुको साथै कास्की क्षेत्र न. १ बाट सोहि पार्टीको टिकट पाउन सफल भएका थिए ।
अटेरी अभियान सुरुआत गरेर वैकल्पिक राजनीतिको विचार दिन पौडेलले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएको भएपनि उनले चुनाव जितेनन तर त्यही समयको सेरोफेरोमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बालेन्द्र शाहसँगै आबद्ध भएपछिउनी यसपल्ट प्रतिनिधि सभाको सदस्यको ५ बर्षे यात्रामा निस्किन सफल भएका छन ।
त्यस क्षेत्रबाट उमेदवारी दिएकाहरु मध्ये श्रम संस्कृति पार्टीका बिलबहादुर तामांगले १ हजार १४१, राप्रपाका बाबुराम थापाले ९७८, उज्यालो नेपाल पार्टीका मनिषा द्वाले ६७०, मंगोल नेपाल अर्गनाइजेसनका श्रीमान थापाले १०९, स्वतन्त्र उमेदवार कृष्णबहादुर राउतले ८४, राष्ट्रिय जनमोर्चाका रबिमोहन ढकालले ८२, नेकपा माओबादीका कुमार परियारले ८१, आम जनता पार्टीका हर्कबहादुर थापाले ७९, प्रलोपाका कर्णबहादुर गुरुङले ७८, नेसनल रिपब्लिक पार्टीका यज्ञबहादुर गुरुङले ३५, नेपाल मानवताबादी पार्टीका आशबहादुर दमैले २५, जसपाका रामकाजी चर्मकारले २२ र नेपाल जनमुक्ति पार्टीका मिनबहादुर दर्जीले २१ मत प्राप्त गरेका थिए।















