Play

झन्डै २५ हजारको मतान्तर सहित कास्की -२ मा रास्वपाका पौडेल बिजयी, बर्षौंदेखिको एमालेको बिरासत भत्कियो

गुरुकुल खबर


पोखरा, कास्कीको निर्बाचन क्षेत्र न.२ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका उत्तम प्रसाद पौडेल करिब २५ हजारको फराकिलो मतान्तर सहित बिजयी भएका छन। बिजयी पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रश्मि आचार्यलाई २४ हजार ४१८ मतको फराकिलो अन्तरले पराजित गरे । पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दा आचार्यले ७ हजार ४९३ मत मात्र प्राप्त गर्न सफल भएका थिए । अधिकांशले कास्की २ मा नेकपा एमाले र रास्वपाको बिचमा प्रतिष्पर्धा हुने भनेको भएपनि रास्वपाका उमेदवार पौडेल प्रतिष्पर्धा बिहिन ढंगले चुनाब जित्न सफल भए ।

कास्की -२ बाट प्रतिनिधिसभामा बिजयी पौडेल संचारकर्मी हुँदै रबि लामिछाने मार्फत रास्वपामा जोडिएका हुन। उनले पोखराका केहि एफएम र काठमाडौँको टेलिभिजनमा सम्बाददाताको रुपमा समेत काम गरेका थिए। उनका बुवा चिरन्जिबी प्रसाद उपाध्याय पनि पंचायतकालमा र प्रजातन्त्र पुनस्थापना पछि पनि कास्कीको राजनीतिमा क्रियाशील थिए। उनले चुनाबको लागि टिकट पाएलगत्तै रास्वपाका सोहि क्षेत्रका वडा कमिटिका सभापतिहरुले असन्तुष्टि ब्यक्त गरेको भएपनि उनीहरुलाई केहि समयमै पौडेलले समेट्न सकेको चर्चा चलेको थियो ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोलाले ६ हजार ५०० मत मात्र पाए । केहि बर्ष अगाडी गम्भीर दुर्घटनाबाट बचेका उनि यस पटकको चुनाब प्रचार प्रसारको क्रममा पनि लडेर घाइते भएका थिए। निर्बाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमजङ गुरुङले १ हजार ६४३, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत ल्याए । अन्य साना दलका उम्मेदवारले भने निकै कम मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ५२ हजार ५१९ मत खसेको थियो । तीमध्ये १ हजार ८४४ मत बदर भएको छ ।

लामो समयदेखि नेकपा एमालेको प्रभाव क्षेत्रको रुपमा मानिएको कास्की -२ बाट एमालेको बिगतको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । यस क्षेत्रबाट ३ पटक सम्म एमालेका तत्कालिन युवा नेता रबिन्द्र अधिकारीले विजय प्राप्त गरेकोमा उनको दुर्घटनामा परेर निधन भएपछि उनकी धर्मपत्नी विधा भट्टराईले समेत दुईवटा चुनाब जितेकी थिईन। तर यस पटक मतदाताले नयाँ युवा अनुहारको रुपमा मात्र नभएर नयाँ दलको रुपमा उदाएको रास्वपालाई जिताएका छन ।

नेकपा एमालेको केन्द्रीय सचिबालयको बैठकले सुरुमा पार्टीका कास्की इन्चार्ज एवं पूर्वसांसद समेत रहेका कृष्ण थापालाई उमेदवार बनाउने निर्णय गरेको भएपनि पार्टी भित्र असन्तुष्टि बढेको भन्दै अन्तिम अनेरास्ववियुको राजनीतिबाट उदाएका युवा नेता रश्मी आचार्यलाई उमेदवार बनाएको थियो। उनलाई एमाले भित्र बैचारिक र युवा नेताका रूपमा प्रचार गरिए पनि एमालेले बर्षौं देखि कायम गर्दै आएको पुरानो विरासत भने जोगाउन सकेनन् ।

यसैबीच कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्बाचित भएलगत्तै पौडेलले प्रतिक्रिया दिंदै ब हानेका छन, ‘कास्की -२ का मतदाताले आँफु र रास्वपा माथि देखाउनुभएको विश्वास, माया र समर्थनका कारण प्रतिनिधि सभामा ३१,९११ मत दिएर निर्वाचित गराइदिनु भएकोमा म हृदयदेखि धन्यवाद व्यक्त गर्दछु । यो विजय मेरो व्यक्तिगत होइन, सम्पूर्ण कास्की क्षेत्र नं २ का नागरिकको विजय हो । यहाँहरूको विश्वासलाई सम्मान गर्दै देशको विकास, सुशासन र जनहितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

२३ फाल्गुन २०८२, शनिबार ०६:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा