Play

कास्की रेडक्रसको कविता प्रतियोगितामा सम्पन्न, दीपशिखा प्रथम, रोजिना र बिबेक दोश्रो र तेश्रो

गुरुकुल खबर


पोखरा, नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् ।

त्यसैगरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका विवेक सुनार तृतीय तथा छोरेपाटन माविकी श्रवणा दाहाल र होलीमाउन्ड बोर्डिङ स्कुलकी अनुस्का ढकाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए । विजेताहरूलाई कास्की रेडक्रसका जिल्ला सदस्य सूर्यप्रसाद तिमिल्सिना ‘पालुवा’, विद्यालयका प्रिन्सिपल अमर माइकल गुरुङ, शिक्षक नायक सचिन पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका निर्णायकहरूमा कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्तिका लेखक बाबुराम सुवेदी, साहित्यकार रुपिन्द्र प्रभावी र डिल्लीराम बराल रहेका थिए । जुनियर रेडक्रस सर्कल, सनफ्लावर बोर्डिङ स्कुलकी अध्यक्ष समष्टि पौडेलको अध्यतामा भएको कार्यक्रममको नेपाल रेडक्रस सोसाइटी, कास्कीका निवर्तमान अध्यक्ष डण्डराज शर्माले उद्घाटन गरेका थिए ।

शर्माले रेडक्रस बिपतको मात्र साथी नभई चेतनाको संवाहक पनि भएको बताए । विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि रेडक्रसले विविध गतिविधि सञ्चालन गर्दै आएको भन्दै शर्माले कास्की शाखाको कार्य देशभरकै लागि उदाहरणीय रहेको धारणा राखे ।

कार्यक्रममा कास्कीका शाखाका उपमन्त्री तथा जुनियर युवा संयोजक डिल्लीराम बरालले रेडक्रसले विद्यार्थीको प्रतिभा उजागर हुने किसिमका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रममा सनफ्लावर बोर्डिङ स्कुलका निर्देशक दीपक शाहको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरू अनिसा खनाल र ईशा खत्रीले गरेका थिए ।

१६ फाल्गुन २०८२, शनिबार १७:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा