Play

एन.आर.एन जापानले हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । पोखरा महानगरपालिका -२५ वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा–२५ हेमजाको व्यवस्थापन तथा एनआरएन जापानको विशेष सहयोगमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै  एनआरएन जापानका पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख ४० हजारको अक्षयकोष स्थापना गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

उनले उक्त अक्षयकोष मार्फत विद्यार्थीलाई निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा आवश्यकता र स्रोतको आधारमा कोषलाई थप वृद्धि गर्दै लैजान सकिने बताए। साथै, शिक्षा क्षेत्रमा गरिएको लगानी नै दीर्घकालीन सामाजिक रूपान्तरणको आधार हुने उल्लेख गर्दै सबै पक्षबिच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

पोखरा -२५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी प्रदान गरिएको सहयोग अत्यन्तै उपलब्धिमूलक र प्रेरणादायी भएको उल्लेख गरे।

अध्यक्ष तिम्सिनाले शिक्षा क्षेत्रमा गरिएको यस्ता सार्थक पहलले विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी संस्थासँग सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए। साथै, स्थानीय तह, शिक्षा समिति र प्रवासी नेपाली बिचको समन्वयले हेमजाको शैक्षिक गुणस्तर अझ मजबुत बन्दै जाने धारणा व्यक्त गरे।

कार्यक्रममा गौरीशङ्कर मा।वि।का प्राचार्य अम्बर बहादुर कँवर, विष्णु पादुका मा।वि।का प्राचार्य तथा वडा शिक्षा समितिका सदस्य दीपक पौडेल, गौरीशङ्कर क्याम्पसका पूर्व प्रमुख कृष्णप्रसाद पौडेल साथै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलको आमा  गंगा पौडेल र भाइ विष्णुप्रसाद पौडेल  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वडाअध्यक्ष तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य तारा विश्वकर्माले स्वागत तथा सञ्चालन वडा सदस्य कृष्ण बहादुर कँवरले गरेका थिए।

१६ फाल्गुन २०८२, शनिबार ०९:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा