Play

कास्की -२ मा रास्वपाको चुनाबी सम्पर्क कार्यालय स्थापना जारी

गुरुकुल खबर


पोखरा, आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत बिभिन्न स्थानामा सम्प्रर्क कार्यलय स्थापना गरिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको हो।

जस अन्तरतर्ग पोखरा – ८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरि उद्घाटन गरिनुका साथै बिभिन्न ठाउँहरुमा सुझाव संकलन जारि रहेको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ ।

सम्पर्क कार्यालय स्थापनाको अवसरमा केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको रास्वपाले जनाएको छ ।

कार्यक्रममा रास्वपाबाट कास्की -२ का उमेदवार उत्तम पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरे । यसै बिच उम्मेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन कार्यलाई निरन्तरता दिएको जनाएका छन ।

 

२५ माघ २०८२, आईतवार ०७:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा