Play

सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ दिने नई एकेडमीको निर्णय

गुरुकुल खबर


काठमाडौँ, नइ एकेडेमीबाट अग्रज नाटककार, आख्यानकार सहित कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ ।

यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेका नई एकेडमीले जनाएको छ ।

‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी रहेका छन ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा  बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको नई एकेडमीकका सदस्य सचिब नरेन्द्रराज प्रसाईले गुरुकुल खबरलाई जानकारी दिए ।

२० माघ २०८२, मंगलवार १३:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा