Play

फेन्सी तथा रेडिमेड व्यवसायीसामु आचार्यले भने ‘अब पोउबासंघको चुनाबमा अध्यक्षमा उमेदवारी दिन्छु’

गुरुकुल खबर


पोखरा, फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन गर्दै प्रमुख अतिथि पोखरा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले पोखरा उद्योग वाणिज्य संघको एउटा महत्वपुर्ण वस्तुगत समिति अन्तरगत फेन्सी तथा रेडिमेड व्यवसायी संघ रहेको बताउदै पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितको लागी विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताए।

अध्यक्ष  कार्कीले व्यवसायीको लागि हुने कार्यक्रममा व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा दुःख व्यक्त्त गरे । कार्कीले वाणिज्य संघमा फेन्सी व्यवसायी संघका साथीहरुको राम्रो उपस्थिीती रहेको बताउदै केहि समस्याहरु भएमा आफ्नो उपस्थिीति नभएमा पनि उहाँहरुलाई सम्वोधन गरेर पठाउदा हुने समेत बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कर्मशका अध्यक्ष उमराज बास्तोलाले फेन्सी व्यवसायीले विभिन्न रचानात्मक कामहरू गरेको बताउदै सगठनलाई मजवुद बनाउन सके व्यवसायीहरू पनि मजवुद हुने बताए ।

पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आफ्नो महत्वपुर्ण समय बिताएको बताउदै पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागी आफुले अध्यक्षमा उमेदवारी दिन लागेको बताउदै सम्पुर्ण व्यवसायीले सयोग गर्न आग्रह गरे ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एकनारायण पनेरू संघका सस्थापक अध्यक्ष कमलनाथ कुवंर फेन्सी तथा रेडिमेड व्वसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेल संघका आजिवन सदस्य प्रजन कुमार थापा ईलेक्ट्रीक व्यवसायी एशोसियसनका अध्यक्ष केशव ढकाल लगाएतले बोेलेका थिए ।

कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आवद्ध व्यवसायीका छोराछोरी मध्य उच्च शिक्षामा उत्कृष्ट अक ल्याउने छोराछोरीलाई तथा पुर्व अध्यक्ष,पुराना व्यवसायीहरु, आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।

१९ माघ २०८२, सोमबार ०७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा