Play

खुट्टामा चोट लागेर संक्रमण भएपछि रबि लामिछाने अस्पतालमा, आंफन्तसंग पनि भेटघाट बन्द

गुरुकुल खबर


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल उपचारार्थ भर्ना गरिएको उनको सचिबालयले जनाएको छ । केहि दिनदेखि सार्बजनिक कार्यक्रममा नदेखिएपछि लामिछानेको बारेमा बिभिन्न अड्कल काट्न लागिएको उनको सचिवालयले लामिछाने अस्पतालमा उपचारार्थ भर्ना भएको जनाएको छ ।

यहि माघ ५ गते जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको भएपनि उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको कारण उपचारको लागि अस्पताल लागिएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार गराउनुपर्ने भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुन: नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ ।

साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ ।

१३ माघ २०८२, मंगलवार २१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा