Play

नेकपा एमालेका १६५ मध्ये १० जना महिलामात्र प्रत्यक्षतर्फका उमेदवार (नामावली सहित)

गुरुकुल खबर


पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका नेकपा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको भएपनि  महिला उम्मेदवारको संख्या भने १० जना मात्र रहेको पाइएको छ ।  निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सुचीमा नेकपा एमालेले १० जना महिला र १५५ जना पुरुषलाई प्रत्यक्ष निर्बाचनतर्फ उम्मेदवार बनाएको देखिएको छ ।

एमालेले पार्टीका चर्चित तर पार्टी अध्यक्ष केपी ओलीसंग मतभेद राख्ने गोकुल बाँस्कोटा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका केहि नेताहरुलाई प्रतिशोधका कारण उमेदवार बन्न नदिएको आरोप लागेको छ। कतिपय निर्बाचन क्षेत्रमा उमेदवारको फेरबदल समेत भएको छ।

कास्की निर्बाचन क्षेत्र न.२ मा पनि सचिबालय बैठकले कृष्ण थापालाई उमेदवार बनाउने निर्णय गरेकोमा कार्यकर्ताहरुको दवाब पछि रश्मि आचार्यको नाममा टिकट पठाएको हो अन्य क्षेत्रमा पनि पार्टी अध्यक्ष ओलीले उमेदवारको फेरबदल गरेका छन ।

नेकपा एमालेले प्रत्यक्षतर्फ उमेदवार बनाएका महिलाहरूमध्ये बर्दिया २ मा विमला विक, बागलुङ २ मा मञ्जु शर्मा, तनहुँ १ मा भगवती न्यौपाने, पर्सा २ मा रिमाकुमारी यादव, बारा ३ मा ज्वालाकुमारी साह, महोत्तरी ४ मा निलम अधिकारी, धनुषा ३ मा जुलीकुमारी महतो (महासेठ), ओखलढुङ्गामा अस्मिता थापा, सोलुखुम्बुमा कल्पना राई र सुनसरी ३ मा भगवती चौधरी रहेका छन् ।

नेकपा एमालेले १६५ क्षेत्रमा उठाएका उमेदवारहरु निम्न रहेका छन ।..

७ माघ २०८२, बुधबार २१:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा