पोखरा, पोखराका पुराना पुस्तक तथा स्टेसनरी ब्यबसायी, प्रजातन्त्रका सेनानी एवं पोखराका अग्रज समाजसेवी कर्णशंकर पालिखेको बुधबार बिहान निधन भएको छ । पोखराको नदीपुर, ज्ञानमार्ग निवासी पालिखेको ९६ वर्षको उमेरमा निधन भएको हो । स्व. पालिखेको बुधबार नै पोखराको रामघाटमा अन्त्येष्टि गरिएको थियो ।
त्यसअघि पालिखे निवास, नदिपुरबाट शुरु भएको शबयात्रामा पोखराका बिभिन्न उद्योगी ब्यबसायी, विभिन्न ब्यबसायिक एबम सामाजिक संघसंस्थाका प्रतिनिधि र राजनीतिक दलका कार्यकर्ताहरु समेत सहभागी रहेको स्व. पालिखेकी बुहारी रिता पालिखेले जानकारी दिईन ।
उनका दुई छोराहरु नरेशशंक पलिखे र दिनेशशंकर पालिखे तथा दुई छोरीहरु विमला र सविता बैध रहेका छन् । छोरा नरेशशंकर पालिखे तत्कालिन पोखरा नगरपालिकाकाको उपप्रमुख रहेर काम गरेका थिए । उनि केहि बर्ष नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेकोमा पछिल्लो केहि बर्षदेखि भने राजनीतिमा निष्क्रिय बनेका छन । अर्का छोरा दिनेशशंकर पालिखे पनि पोखरामा रहेर बिभिन्न सामाजिक एबम वित्तीय संस्थामा सक्रिय छन ।
पालिखे विसं २००७ साल र त्यसपछि प्रजातन्त्र पुनस्थापनाको लागि भएका आन्दोलनमा सक्रिय थिए पालिखे परिवारको शैक्षिक संस्था स्थापना र उद्योग वाणिज्यको क्षेत्र सहित सामाजिक क्षेत्रमा पनि स्व. पालिखेको योगदान महत्वपुर्ण रहेको छ । पोखराको महेन्द्रपुल पलिखेचोकमा रहेका पालिखे परिवारका चार दाजुभाइ मध्ये कर्णशंकर कान्छो भाई हुन ।
उनका दाजुहरू दयाशंकर, ओमशंकर र प्रदीपशंकर पनि पोखराको राजनीतिक, सामाजिक, शैक्षिक एबम ब्यबसायिक क्षेत्रमा योगदान गर्ने हरुमा चिनिन्छन । पालिखेकी श्रीमती गणेशकुमारीको यसअघि नै निधन भइसकेको छ।















