Play

प्याब्सन कास्कीको स्थापना दिवस: बिद्यालय, बिधार्थी, शिक्षक र कर्मचारीलाई सम्मान, केहि संस्थालाई सहयोग

गुरुकुल खबर


पोखरा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३६ औं स्थापना दिवसको अवसर पारेर प्याब्सन कास्कीले बिभिन्न कार्यकर्मको आयोजना गर्यो। स्थापना दिवसको अबसरमा प्याब्सनका सदस्य विद्यालय, शिक्षक कर्मचारी, उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा स्थापनाको २५ वर्ष पूरा गरेका प्याब्सनमा आबद्ध विद्यालय, २० वर्ष सेवा अवधि पुगेका शिक्षक कर्मचारी र कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । प्याब्सन कास्कीले संस्थागात सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको बच्चा वार्डलाई सौन्दर्यीकरणका लागि र जिल्ला प्रहरी कार्यालय कास्कीलाई रात्रिकालीन समयमा प्रयोग गर्ने ५ सय थान सुरक्षा बेल्ट सहयोग गरेको जनाएको छ।

यसैगरी प्याब्सनले जेन्जी विद्रोहको क्रममा आगजनी तोडफोड भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीलाई समेत सहयोग प्रदान गरेको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले गुरुकुल खबरलाई जानकारी दिए । स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रममा नयाँ सदस्यता लिएका विद्यालयलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले शिक्षा पढ्ने र पढाउने सवालमात्र नभएर मावनको जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले घोकन्तेभन्दा प्रयोगात्मक तथा व्यावहारिक शिक्षा आजको आवश्यकता भएको चर्चा गरे । ‘गुणस्तरीय र व्यावहारिक शिक्षामा निजी क्षेत्रका विद्यालयको समेत योगदान छ,’ उनले भने, ‘संस्थागत रुपमा सामाजिक उत्तरदायित्वको काम गर्न र गरिब तथा असाहयलाई छात्रवृत्तिको व्यवस्था गर्न आवश्यक छ ।’

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले २०४६ सालको राजनीतिक परिवर्तन पछि नेपालमा निजी विद्यालय हुर्कन र फस्टाएको अवसर पाएको बताए । नेपालको शैक्षिक उन्नयनमा निजी क्षेत्रको योगदान रहेको चर्चा गर्दै उनले शिक्षालाई समय सापेक्ष र गुणस्तरीय बनाउन ध्यान दिन आग्रह गरे ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले नेपालमा करिब ६ हजार निजी विद्यालय रहेको बताए । उनले समग्र विद्यार्थीमध्ये एक तिहाई विद्यार्थीले निजी विद्यालयमा पढ्ने जानकारी दिए । नेपालको शिक्षामा ६ अर्ब निजी क्षेत्रको लगानी रहेको उल्लेख गर्दै उनले निजी विद्यालयले ४ लाखलाई रोजगारी दिएको बताए । उनले अनावश्यक कर थोपर्नुभन्दा एकद्वार प्रणालीबाट करको व्यवस्था गर्न माग गरे ।

कार्यक्रममा एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, प्याब्सनका केन्द्रीय सल्लाहकार बीरबहादुर बुढाथोकी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) कास्की अध्यक्ष हेमन्त अधिकारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की अध्यक्ष दिवाकर जैसी, प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष विष्णु तिमिल्सिना, उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारी, सचिव सुरेन्द्रमानसिंह भण्डारी, निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) केन्द्रीय अध्यक्ष शिवलाल उपाध्याय, शिक्षक मुकेशकुमार अधिकारी लगायतलेआआफ्नो भनाई राखेका थिए ।

२६ पुष २०८२, शनिबार १२:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा