Play

राष्ट्रियसभा सदस्यको चुनाबमा कांग्रेस, एमाले, नेकपा र जसपाबीच तालमेलको तयारी

गुरुकुल खबर


पोखरा, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्बाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको बिचमा चुनाबी तालमेल हुने भएको छ। पार्टीहरुको आन्तरिक छलफल पछि भएका द्विपक्षिय एबम बहुपक्षिय छलफलको आधारमा तालमेलको नजिक दलहरु पुगेको छन।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा प्रेषित गरेको विज्ञप्तिमा जनाइएको छ।

कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिब पौडेलद्वारा जारी बिज्ञप्तिमा ‘संवत् २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ’ भनिएको छ ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको अर्को बैठक भोलि बुधबार बिहान ९ बजे पुनः बस्ने तय भएको समेत पौडेलले जानकारी दिए। आज मंगलवारको बैठकमा पार्टीका महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर र जीवन परियारले आआफ्नो धारणा राखेको बुझिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभाका १८ सदस्यको सिटमा हुने निर्वाचनमा कांग्रेस, एमाले र नेकपा समेतले तालमेलको प्रयास गरिरहेका छन्। दलहरूबिच तालमेलको प्रयासबारे कांग्रेसका तर्फबाट सहभागी भइरहेका नेता रमेश लेखकका अनुसार कांग्रेस/एमालेलाई सात/सात, नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने बिषयमा करिब सहमति भएको छ ।

सिट संख्यामा सहमति भएपनि कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार उठाउने भन्ने टुङ्गिन बाँकी रहेको कारण कुनै पनि पार्टीले कसलाई उमेदवार बनाउने भन्ने कुरा टुंग्याउन सकेका छैनन ।

२२ पुष २०८२, मंगलवार १९:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा