Play

कांग्रेस बिबादमा मध्यमार्गी बाटो खोज्न कांग्रेसका तिस केन्द्रीय सदस्यद्वारा नेता कोइराला समक्ष आग्रह

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतीको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । अहिले राष्ट्रियसभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार टुंग्याउनुपर्नेभएकोले बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने कोइरालाले बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रियसभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।

मंगलबार बिहान उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसमा लागिपरेको समेत बताए ।

उनले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि जोड दिए। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिकमा मत घट्ने र कांग्रेसलाई दीर्घकालिन हानी हुने भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट रहेको उनको भनाई थियो।

कोइरालसंगको भेटमा ३० जना केन्द्रीय सदस्यहरुको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुषालले पार्टीभित्र देखिएको विवादलाई  समाधानका लागि शिर्ष नेताहरुसँग भेट गरिरहेको बताइन् । उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकोले समाधानका लागि सबैसँग छलफल र पार्टी थप क्षति हुन नदिन लागिपरेको बताइन । उनले मध्यमार्गी बाटो पहिल्याउन डा शेखर कोइरालालाई आग्रह समेत गरेकी थिईन ।

अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए। पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको उपस्थित केन्द्रीय सदस्यहरुले बताए ।छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, राजन केसी, उदय शम्शेर राणा लगायतको सहभागिता रहेको थियो ।

२२ पुष २०८२, मंगलवार १३:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा