Play

कांग्रेसको केन्द्रीय कार्यालयमा नै कार्यकर्ताहरुको नाराबाजी र बिरोध

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर बिरोध जनाएका छन । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र भैरहेको बेला कांग्रेस कार्यकर्ताहरु सानेपामा पुगेर बिरोध जनाएका हुन ।

विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रिय नेतृत्वले टारेको भन्दै बिशेष महाधिबेशन पक्षधरहरू आक्रोशित भएका छन् । विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय बाहिर पुगेर नारा लगाएका थिए ।

भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेको भएपनि संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने अडान राखिरहेको छ । कार्यकर्ताहरुको आक्रोश र बिरोध पछि केन्द्रीय कार्यालयमा प्रवेश गर्न नपाएको भन्दै कतिपय कार्यकर्ताहरु बिरोधमा उत्रिएका हुन।

यसैबीच आज ११ बजेका लागि लागि तय गरिएको बैठक दिउसो १ बजे सुरु हुने भनिएपछि केन्द्रीय कार्यसमिति बैठकलाई लक्षित गरेर गेटबाटै प्रवेश निषेध गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन्। उनीहरूले आफ्नो पार्टी कार्यालय छिर्न नपाएपछि गेटमा भनाभन गरेका छन् ।  महाधिवेशन विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काँग्रेसको यो आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ । पार्टी एकताका लागि छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन ।

२२ पुष २०८२, मंगलवार १३:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा