Play

स्याङ्जाका दुई क्षेत्रमा नेकपा एमालेबाट सांसदको उमेदवार बन्न २१ जनाको चाहना

गुरुकुल खबर


स्याङ्जा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारको लागि नेकपा (एमाले) स्याङ्जाले दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम प्रारम्भिक रुपमा संकलन गरेको छ । पार्टीका क्षेत्रीय कमिटीका बैठकपछि क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट १५ जनाको नाम जिल्ला समितिमा सिफारिस गरि पठाइने भएको छ ।

क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी बैठकले पूर्व सांसद नारायणप्रसाद मरासिनी, पूर्व प्रदेश सांसद मीनप्रसाद गुरुङ, पुतलीबजार नगरपालिकाकी पूर्व नगर प्रमुख सीमा कुमारी क्षेत्री, कुमारी टेकु नेपाली, पिताम्बर खनाल (शुशील) र ईश्वरी सिग्देल अर्यालले उमेदवार बन्न इछ्या जाहेर गरेकोले ति नामहरु जिल्ला समितिमा पठाउने भएको हो ।

त्यसैगरी, क्षेत्र नम्बर २ बाट पूर्व सांसद महेन्द्र थापा मगर, पूर्व प्रदेश सांसद मोहन रेग्मी, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापा, एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस), डा. बुद्धिमान श्रेष्ठ, शोभियत ढकाल, दिपेन्द्र रेग्मी, उदय श्रेष्ठ, रामचन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भूपराज अधिकारी र किशोर विक्रम मल्लको नाम संकलन गरिएको छ ।

दुवै क्षेत्रीय कमिटीबाट आएका नामहरू जिल्लाको रायसहित गण्डकी प्रदेशमा र त्यसपछि केन्द्रमा पठाइने एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए । उनका अनुसार क्षेत्रिय समितिलाई एक महिला सहित तीनजनाको नाम सिफारिस गर्न केन्द्रीय परिपत्र भएपनि  क्षेत्रले तोकिएभन्दा धेरै नाम पठाएमा जिल्ला कमिटीले पनि आबश्यक राय सहित प्रदेश हुँदै केन्द्रमा नाम पठाईने छ ।

२० पुष २०८२, आईतवार १०:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा