Play

कांग्रेस महाधिबेशनको लागि नयाँ कार्यतालिका: चैत २१ गते वडा र बैशाख २८-३१ केन्द्रीय महाधिबेशन

केन्द्रीय कार्यसमिति सहित सबै तहका समितिको म्याद आगामी जेष्ठसम्म थप गर्ने प्रस्ताब


गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसले आंफ्नो १५ औँ महाधिवेशन आगामी बर्ष २०८३ को वैशाख २८ देखि ३१ गतेसम्म गर्ने भएको छ पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त मितिमा महाधिबेशन गर्ने प्रस्ताव गरेको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा कार्यवाहक सभापति खड्काले नै पार्टीको १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेका थिए । कार्यतालिका अनुसार चैत्र २१ गते वडा अधिवेशन सुरु गरेर वैशाख २८, २९, ३० र ३१ काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको बुझिएको छ । केन्द्रीय कार्य समितिसहित सबै तहका समितिको म्याद जेठ मसान्तसम्म थप्न कार्यवाहक सभापति खड्काले बैठकमा प्रस्ताब गरेका हुन् ।

यस अगाडीको केन्द्रीय समितिको बैठकले देउवा नेतृत्वको समितिको म्याद मङ्सिर मसान्तबाट बढाएर माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो ।

महाधिबेशन सम्बन्धि कार्यतालिका ..

१८ पुष २०८२, शुक्रबार १८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा