Play

बैधानिक बाध्यता भएकोले बिधान अनुसार नै पुष २७ र २८ मा बिशेष महाधिबेशन गरिने हस्ताक्षरकर्ताको भनाई

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेस भित्र बिशेष महाधिबेशनको माग गर्दै आएका महाधिबेशन प्रतिनिधिहरुले पार्टीको नियमित महाधिबेशन निर्धारित समयमा हुन् नसकेको भन्दै अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले घोषित मितिमा १५औँ महाधिवेशन नहुने स्पष्ट भइसकेको कारण बिशेष महाधिबेशन गर्नुपर्ने बैधानिक बाध्यता रहेको जनाएका छन ।

१५औँ महाधिवेशनको कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेकाले विशेष महाधिवेशनमा जानुको विकल्प नरहेको उनीहरूको भनाइ छ । “अब स्पष्ट छ, नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन । विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो,” महाधिवेशन पक्षधरहरूको नामबाट जारी विज्ञप्तिमा भनिएको छ “ यो कसैको छनोटको विषय होइन ।

नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको वाध्यकारी व्यबस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ?” बिज्ञप्तीमा प्रश्न गरिएको छ। उनीहरूले पार्टी विधानभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी रहेको उनको भनाइ छ ।  पुस २७–२८ मा विधानको धारा १७(२) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न उनीहरूले माग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले भने-‘ कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो । पोखरेलले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए । पोखरेलले एकता र विश्वास एकैपटक जगाउन आग्रह पनि आफूहरूको आग्रह गरे ।

“हामी स्पष्ट गर्न चाहान्छौं, यो माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गर्नुपर्छ,” उनीहरुले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।


१८ पुष २०८२, शुक्रबार १३:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा