पोखरा, लामो प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएको बिषयलाई लिएर धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुवै जनालाई फटाहाको संज्ञा दिंदै जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको भन्ने प्रतिक्रिया दिएका छन ।
धरान उपमहानगरका मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन –’हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्यागर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आज बिहान मात्र सहमति भएको हो । सहमति अनुसार रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने विषय उल्लेख छ । उक्त सहमतिलाई लिएर साम्पाङले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ।
यसबीच उक्त सहमति पश्चात रास्वपाका सभापति लामिछानेले ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’ भन्ने प्रतिक्रिया दिएका छन भने बालेनले शुभप्रभात भन्दै सहमति गर्दाको तस्बिर सार्बजनिक गरेका छन।
















