Play

पोखरा बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति, अध्यक्षमा शंकर गुरुङ सर्वसम्मत

गुरुकुल खबर


पोखरा, पोखराको पहिलो सामुदायिक क्याम्पसको रुपमा स्थापित पोखरा बहुमुखी क्याम्पसको शनिबार सम्पन्न ३९औँ साधारण सभा तथा आठौँ अधिवेशनले क्यामपसको नयाँ संचालक समिति निर्बिरोध रुपमा निर्बाचित गरेको छ। अधिबेशनले पोखराको सामाजिक क्षेत्रमा समेत क्रियाशील व्यक्तित्व शंकर गुरुङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

अध्यक्षमा निर्बाचित गुरुङ यस अगाडी पनि क्याम्पस संचालक समितिको कोषाध्यक्ष पदमा रहेर दुई कार्यकाल काम गरेका थिए । संचालक
समितिका अन्य सदस्यहरुमा समीर गुरुङ, हस्त बहादुर थापा, कुमारी मुना वास्तोला, उमा कुमारी ठकुरी, नवीन नापित, भिम गौतम र देव कुमारी हिराचन निर्वाचित भएको पोखरा बहुमुखी क्याम्पसका प्रमुख शिसुकला पराजुलीले गुरुकुल खबरलाई जानकारी दिईन।

नयाँ संचालक समितिका पदाधिकारी एबम सदस्यहरुलाई पदस्थापन गराउन आयोजित समारोहमा यस अगाडिका क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले शैक्षिक संस्थामा नितान्त सेवाभावले काम गर्न नयाँ संचालक समितिका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरे उनले आंफ्नो कार्यकालमा  भएका उपलब्धिको चर्चा गर्दै क्याम्पसको उत्थान र प्रगतिका लागि जीवनपर्यन्त आँफु समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरे।

सोहि समारोहमा बोल्दै क्याम्पस संचालक समितिका सल्लाहकार शंकर देवकोटाले शैक्षिक संस्थाहरूलाई स्वार्थ र पूर्वाग्रहबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले सबैको साथ र सहयोगका कारण क्याम्पसको भौतिक र शैक्षिक अबस्थामा धेरै सुधार भएको भन्दै खुसि प्रकट गरे।

पोखरा बहुमुखी क्याम्पसका प्रमुख शिसुकला पराजुलीले संचालन गरेको उक्त कार्यक्रममा संचालक समितिका निवर्तमान उपाध्यक्ष बद्री श्रेष्ठ, सामाजिक व्यक्तित्व तथा क्याम्पसका आजीवन सदस्यहरू योगेन्द्र प्रधान, विश्व मोहन गौचन, देवकुमारी हिराचन, रवीन्द्र माकाजु, पोखरा महानगरपालिका वडा नं. ९ का सदस्य गीता चर्माकार लगायतले नयाँ संचालक समितिले क्याम्पसको समग्र बिकासमा थप योगदान गर्ने बिश्वास व्यक्त गरेका थिए।

निर्बाचन सम्पन्न गर्न अधिवक्ता प्रकाशचन्द्र त्रिपाठीको संयोजकत्वमा लक्ष्मी अधिकारी र कृष्णप्रसाद कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको क्याम्पस प्रमुख पराजुलीले जानकारी दिईन।

१२ पुष २०८२, शनिबार १९:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा