Play

पोखराको सिद्दबराह माविमा नयाँ समिति, सोहि बिद्यालयका पुर्व बिधार्थी भण्डारी अध्यक्षमा निर्बाचित

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२३ माझथुम, ठुलाखेतस्थित सिद्धवराह माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गरिएको छ। दुवै समितिका पदाधिकारी एबम सदस्यहरु निर्बिरोध निर्बाचित भएका छन।

जस अनुसार विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा भरत राज भण्डारी निर्बिरोध निर्बाचित भएका छन। उनि सोहि बिधालयका पुर्व बिधार्थी समेत हुन हाल पोखरा -२३ का पुर्व जनप्रतिनिधि तथा वडा सदस्य रहेका भण्डारी हाल नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा न. २३ कार्यसमितिको सभापति पनि हुन्।

ब्यबस्थापन समितिको सदस्यहरुमा सोहि वडाका वडाध्यक्ष एबम वडा शिक्षा समिति अध्यक्ष रामकाजी गुरुङको साथै कृष्ण प्रसाद पराजुली, सरस्वती सुवेदी, अनिता वि.क, लोक बहादुर गुरुङ, भक्त बहादुर के.सी पनि निर्बिरोध चयन भएका छन।

बिधालयको शिक्षक अभिभावक संघको अध्यक्षमा सीता विश्वकर्मा तथा सदस्यहरुमा कृष्णलाल दाहाल, देवि पाैडेल, रीता चापागाईं, पार्वती कुमारी अधिकारी, राधिका पराजुली र हस्ता सिंखडा सञ्ज्याल रहेको सोहि बिद्यालयका शिक्षक प्रेमप्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

बिधालय ब्यबस्थापन समितिमा यस अगाडी अध्यक्ष रहेका गुरुदत्त पराजुलीको कार्यकाल सकिएपछि नयाँ ब्यबस्थापन समिति गठन गरिएको हो।  बिधालयको प्रधानाध्यापकमा बद्रीनाथ पराजुली रहेका छन ।

१० पुष २०८२, बिहीबार १२:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा