Play

स्याङ्जाको भिरकोटस्थित बिभिन्न बिद्यालयका बिधार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण

गुरुकुल खबर


स्याङ्जा, मुक्तिनाथ विकास बैंकले स्याङ्जाको भिरकोट नगरपालिकास्थित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । आधारभूत र माध्यमिक विद्यालय तहका विद्यार्थीलाई शैक्षिक सामग्री सँगै विद्यालय पोशाक वितरण गरिएको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भीरकोट सामिप्य सदनको अगुवाईमा ति सामग्री वितरण गरेको हो । नगरपालिकाका ८ वटा विद्यालयका ४४ जना छात्रछात्रालाई कापी, कलम, ट्रयाकसुट सहित पोशाक वितरण गरिएको भीरकोट सामिप्य सदनकाअध्यक्ष श्याम रेग्मीले जानकारी दिए ।

भीरकोट नगरपालिकाको दहथुमस्थित भाग्योदय माध्यमिक विद्यालयका साथै लक्ष्मी, सूर्यमुखी, बालवर्ष, पूर्ण र दुर्गाभवानी आधारभूत साथै पब्लिक एकेडेमी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । भीरकोट नगरपालिका वडा नं. २ र ७ का विद्यार्थीलाई दहथुम र वडा नं. ६ र ८ का विद्यार्थीलाई भाग्योदय माध्यमिक विद्यालयमा आयोजित समारोहमा सामग्री वितरण गरिएको हो ।

विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गर्दै मुक्तिनाथ विकास बैंकको क्षेत्रिय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले विपन्न तथा जेहेन्दार विद्यार्थी र सामाजिक रुपमा अप्ठ्यारोमा परेको वर्गलाई बैंकले सहयोग गर्दै आएको बताए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा भीरकोट नगरपालिकाका पूर्व नगर प्रमुख छायाँराम खनाल, सदनका अध्यक्ष श्याम रेग्मी, समाजसेवी लिलाप्रसाद पंगेनी, कृष्णप्रसाद अर्याल, टिकाराम अर्याल, पूर्व बैंकर्स डोलराज केसी लगायतले मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा पछाडी परेको वर्गसँग हातेमालो गरेको बताए ।

मुक्तिनाथ विकास बैंकले विगत देखि विद्यालय सहित अन्य विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै सहयोग गर्दै आएको छ । पछिल्लो समय स्थानीय प्रहरीसँग सहकार्य गर्दै बैंकले सूचनाप्रविधि र सचेतना मुलक कार्यक्रमलाई समेत सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकता दिदै आएको छ ।

१ पुष २०८२, मंगलवार १९:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा