काठमाडौँ, नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । महाधिबेशनबाट निर्बाचित हुने अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ । महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार महाधिबेशनस्थलमा ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिंदै छ ।
उमेदवारहरुको सुची लामो भएको र मतदान गर्नुपर्ने उमेदवारको संख्या समेत ठुलो भएकोले एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।
महाधिबेशनमा बिभिन्न पदमा उमेदवारी दिनेहरुको नामावली हेर्न टल क्लिक गर्नुहोस ..
उम्मेदवारको अन्तिम नामावली प्रकाशन

















