पोखरा, आदर्श समाज दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलालाई मातृशोक परेको छ । दुर्गादेवी बाँस्तोला आदर्श समाज दैनिकका सम्पादक कृष्णप्रसाद बाँस्तोलाकी धर्मपत्नी समेत हुन
दुर्गादेवीकी आमा पोखरा महानगरपालिका १४, छिनेडाँडा निवासी विष्णुमाया बरालको ९३ वर्षको उमेरमा बिहीबार साँझ चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।
उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् । उनका एक छोरा कृष्णप्रसाद बराल, एक छोरी दुर्गादेवी बास्तोला एवं नातिनातिना र पनाति पनातिना छन् ।
स्वर्गीय बरालको शुक्रबार दिउँसो गैंडाकोटस्थित आदर्श समाज परिसरबाट शवयात्रासहित देवघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ



















