काठमाडौँ, आगामी फागुन २१ गतेका लागि प्रस्तावित संसदीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं जिल्लाको निर्बाचन क्षेत्र न. ४ बाट एकल सिफारिस गरिएको छ ।
कांग्रेस महामन्त्री थापा यस अगाड पनि सोहि क्षेत्रबाट लगातार बिजयी भएर प्रतिनिधि सभामा आंफ्नो प्रभाव देखाउंदै आएका छन उनि केहि महिना स्वास्थ्य मन्त्री समेत बनेका थिए ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिएका छन ।
संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको तर समानुपातिकतर्फ भने तिन जनाको नाम सिफारिस गरिएको जानकरी दिए ।
उनका अनुसार समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम सिफारिस गरिएको छ ।
यसअघि महामन्त्री थापाको नाम सर्लाही-४, रोल्पा र धनकुटाबाट पनि उम्मेदवारको लागि सिफारिस गरिएको बताइएको छ। यो सहित चार ठाउँबाट महामन्त्री थापाको नाम सिफारिस भएको बुझिएको छ।















