Play

नेपाल रेडक्रस सोसाइटी पोखरा-३२ मा रक्तदान, १९ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमममा १९ जनाले रक्तदान गरेको छन् । रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले गरेकी थिईन ।

कार्यक्रमममा रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष खड्काले रक्तदान जीवनदान भएको बताउंदै रक्तदान मानबिय र सेवामुलक काम भएको उल्लेख गरिन ।

शाखाका सभापति विन्दुराज तिवारीले शाखाले समाजिक उत्तरदायित्वसँगै आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा परोपकार आमा समूह, गगन नेवाः खल, पूर्णद्विप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णुुबहादुर बस्नेत, खेम गुरुङलगायतले सहयोग गरेका थिए ।

शाखा सभापति विन्दुराज तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव विष्णुबहादुर बस्नेतले गरेका थिए भने स्वागत मन्तब्य उपसभापति विमला थापा बस्नेतले गरेकी थिईन रेडक्रसका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गरेका थिए।

कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य एवम् वडा नं ३२ सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व लगायतका विषयमा आआफ्नो भनाई राखेका थिए।

२१ मंसिर २०८२, आईतवार २१:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा