Play

लेखनाथ क्षेत्रका महिला संघसंस्था र आमा समुहको भेला: महोत्सब सफल पार्न सक्रिय रहने प्रतिबद्दता

गुरुकुल खबर


लेखनाथ,पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रका उद्योगी ब्यबसायीहरुको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म गर्ने २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारीको क्रममा आइतबार महिलाहरुको भेला सम्पन्न भएको छ ।

लेखनाथ क्षेत्रमा रहेका महिलाहरुसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधि एबम सदस्यहरुको शनिबार सम्पन्न भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

भेलामा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिको संयोजक जानुका पराजुली अधिकारीले महोत्सवले सम्पूर्ण जातजाति, भाषाभाषी एवं समुदायका मानिसलाई एकैथलोमा जम्मा गरेर मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने काम गर्ने बताइन् ।

उनले लेखनाथ क्षेत्रमा संचालन हुने जुनसुकै कार्यक्रम सफल हुनुमा पनि लेखनाथ क्षेत्रका संघसंस्था तथा आमा समूहको सक्रिय सहभागिता र एकता नै प्रमुख कारण रहेको उल्लेख गर्दै यसपटकको महोत्सबमा पनि महिलाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ हाम्रो पहिचान भएको र यसलाई जोगाउने एक मात्र संस्था लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ महोत्सव भएको बताउँदै २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन सबै महिलाहरुले सहयोग गर्ने बिश्वास ब्यक्त गरिन।

सोहि भेलामा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको र महिला एबम आमा समूहको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाइ हासिल गरेको बताउंदै लेखनाथ उद्योग वाणिज्य संघले महिला नेतृत्व प्राप्त गर्नुको पछाडी पनि महिलाहरुकै हात रहेको उल्लेख गरिन ।

भेलाका सहभागी महिला संघ संस्था र आमा समूहका अध्यक्ष एवं प्रतिनिधिहरुले महिलाहरुको व्यापक सहभागीतामा आयोजना हुने झाँकी र्याली र मातृशक्तिको सम्मानमा आयोजना गरिने रत्यौली प्रतियोगिता लगायतका विषयमा आफ्ना गुनासाहरु एवं जिज्ञासाहरु राखेका थिए भने महोत्सवलाई पुर्ण रुपमा सफल बनाउन आजैबाट तयारीमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

महोत्सव अन्तर्गत गठित महिला एबम आमा समूह परिचालन उपसमितिका संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघकी कार्यसमिति सदस्य एवं महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले गरेकी थिइन् भने धन्यवाद ज्ञापन महिला उद्यमी समन्वय उप–समिति संयोजक शर्मिला श्रेष्ठले गरेकी थिइन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र महासंघको गण्डकी प्रदेश समितिको सहआयोजनामा संचालन गरिने लेखनाथ महोत्सबको प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले गुरुकुल खबरलाई जानकारी दिए । महोत्सव स्थलमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भईसकेको बताइएको छ ।

सम्बन्धित समाचार ..

पुषको पहिलो साता हुने लेखनाथ महोत्सबको तयारीमा तिब्रता, ५ प्रतिशत स्टलमात्र बुकिंग हुन बाँकी

लेखनाथ महोत्सवको तयारी शुरु: कार्यसम्पादन समिति र बिभिन्न उपसमितिका संयोजकहरु चयन (नाम सहित)

लेखनाथ महोत्सव पुषको पहिलो साता हुने, ९ करोडको कारोबार र ९५ लाख आम्दानी गर्दा १० लाख मात्र बचत हुने

२१ मंसिर २०८२, आईतवार १६:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा