Play

नेवारी परिकार यःमरीको महत्व अन्य समुदायमा बुझाउन पोखरा- ४ मा ‘यःमरी महोत्सब’

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न.४ को आयोजना एबम नेवाः मिसा पुचः  पोखरा -४ को संयोजनमा पोखराको पुरानो बजार गणेशटोलमा यःमरी महोत्सब सम्पन्न भएको छ।  य:मरीको परम्परागत महत्वको बारेमा नेवारी समुदाय सहित अन्यलाई पनि जानकारी दिने उद्देश्यले महोत्सबको आयोजना गरिएको हो ।

शनिबार सम्पन्न महोत्सबमा नेवारी समुदायमा प्रचलित यःमरी परिकारलाई अन्य समुदायले पनि निकै स्वादिलो मान्दै खाएका थिए । महोत्सब अन्तर्गत यःमरी प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्रीको साथै यमरी प्रतियोगिता समेत गरिएको थियो । महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै महानगरप्रमुख आचार्यले हजारौं वर्ष पुरानो मौलिक खानाको प्रसारप्रसारको लागि महोत्सव आयोजना गरिनु सह्रानीय भएको बताउंदै अहिले यःमरीलाई नेवारी समुदायले मात्र प्रयोग नभएर सबै जातजातीले प्रयोग गर्ने खाना बनेको उल्लेख गरे । उनले सबै जातजाति, भाषा संस्कृतिको संरक्षण गर्ने पोखरा महानगरको नीति रहेको बताउंदै महोत्सव स्थल गणेशटोल पोखराको ऐतिहासिक महत्वको क्षेत्र रहेकाले यसको संरक्षणका लागि महानगरले एडिबीको सहयोगमा पोखरा हेरिटेज साइट बनाउन लागिरहेको जानकारी दिए ।

कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले यःमरीलाई अरु समुदायमा पनि चिनाउन आवश्यक रहेकोमा जोड दिए । पोखरा ४ को वडा कार्यालयले सह्रानीय कार्य सुरु गरेकाले आगामी दिनमा यसको निरन्तरता दिन उनले सुझाव दिएका थिए ।

वडामा रहेका कला संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा- ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिदैं जाने उनको भनाई थियो ।

महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाउने कलाको लाइभ डेमोस्ट्रेसन भएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । यःमरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कारप्रदान गरिएको थियो ।

महोत्सबको उद्घाटनअघि झाँकीसहितको र्‍याली निकालिएको थियो । पोखरा ४ को कार्यालयबाट सुरु भएको र्‍याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।

(फाइल तस्बिर)

१४ मंसिर २०८२, आईतवार १६:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा