काठमाडौँ, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न महाधिबेशनमा अध्यक्ष पदमा उमेदवार बन्ने घोषणा गरेका छन। एमालेको ११ औं महाधिबेशन नजिकिंदै गएको बेला एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले जारी गरेको बिज्ञप्तीमा पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्ष पदमा आँफुले उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन ।
‘पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।’ पोखरेलले जारी गरेको बिज्ञप्तीमा भनिएको छ
पोखरेलले पुर्व राष्ट्रपति विधादेबी भण्डारी पामो पार्टीमा फर्किने उल्लेख गरेका छन ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो’, पोखरेलले विज्ञप्तिमा भनेका छन।
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ र गरिनेछ ।’ पोखरेलको भनाई छ।
उनले पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु आजको आवश्यकता भएको समेत बताएका छन् ।
पोखरेलले जारी गरेको बिज्ञप्तीको पूर्ण पाठ पढ्न तल क्लिक गर्नुहोस ..
इश्वर पोखरेल को बिज्ञप्ती



















