Play

पन्चासे चौतारी लायन्स क्लबद्वारा पन्चासेमा स्वास्थ्य शिबिर, करिब ९ सय लाभान्वित

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा पन्चासे चौतारीको आयोजनामा कास्की, स्यांग्जा र पर्बतको संगम पन्चासेमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बालाचतुर्दशीको दिन पारेर पन्चासेमा सतबिज छर्न त्यहाँ पुग्ने आमसर्बसाधारणलाई लक्षित गरि उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

त्यस अबसरमा सतबिज छर्न पुगेकाहरु मध्ये ९ सय जनाको स्वास्थ्य परिक्षण गरि ७ सया ७६ जनालाई उनीहरुको लागि आबशय्क पर्ने औषधि समेत वितरण गरिएको कार्यक्रमका संयोजक रहेका क्लबका अध्यक्ष जिबन बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिए । बाँस्तोलाका अनुसार क्लबले बिगतमा पनि यसकिसिमका स्वास्थ्य शिविरहरु आयोजना गर्दै आएको र यस पटक गरिएको शिबिर क्लबको तेर्हौं स्वास्थ्य शिबिर हो ।

स्वास्थ्य शिबिरमा ८ जना स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै औषधि वितरण गरेको थियो । यसका साथै गण्डकी मेडिकल कलेज र गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हेल्थ ग्रुप, पोखरा शहरी स्वास्थ्य केन्द्रले पनि शिविरको लागि बिभिन्न किसिमको सहयोग गरेको बुझिएको छ ।

कार्यक्रममा लायन्स जोन -१७ का प्रमुख, डिस्टिक चिफ, लायन्स क्लब अफ पन्चासेका पूर्व अध्यक्षहरू, कार्यसमिति पदाधिकारी एबम सदस्यहरू समेतको सहभागिता रहेको थियो ।

शिबिरमा पञ्चासे धार्मिक तथा पर्यटन सेवा विकास समिति, पोखरा महानगरपालिका वडा नं. २३ का जनप्रतिनिधि एबम स्वास्थ्यकर्मी, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का जनप्रतिनिधिहरु, पर्बतको कुश्मा नगरपालिका वडा नं. १४ का जनप्रतिनिधिहरु सहित बिभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागी थिए ।

यसका साथै क्लबका निबर्तमान अध्यक्ष सन्तोष घिमिरे, लायन्स डिष्ट्रिकका ब्लड डोनेसन चिफ सुजन श्रेष्ठ,जोन १७ का चेयर पर्सन प्रताप बहादुर कार्की, लायन्स क्लब अफ सराँगकोटका अध्यक्ष किशोर बर्देवा लगायतले शिबिरको लागि सहयोग उपलब्ध गराएका थिए ।

शिविरको लागि औषधि प्रताप पौडेल,सन्तोष पराजुली,सुर्य लम्साल, ढाका कुमार श्रेष्ठ लगायत कार्यक्रमको लागि बिभिन्न किसिमको सहयोग उपलब्ध गराउने हरुलाई क्लबको बैठकले आभार प्रकट गरेको बुझिएको छ।

६ मंसिर २०८२, शनिबार १७:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा