Play

काठमाडौँमा यसै साता हुने प्रदर्शनपछि प्रम कार्की नेतृत्वको सरकार ढल्ने एमाले नेता बस्नेतको भनाई

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम युवा संघका पुर्व अध्य्क्ष महेश बस्नेतले मंसिर ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सिमरामा एमालेको युवा संघको कार्यक्रममा जना लागेका बस्नेत समेतको बिरुद्धमा सिमरा बिमनस्थलमा प्रदर्शन भएपछि जहाज नचल्दा सिमरा जान रोकिएका थिए। त्यसपछि उनले काठमाडौँमा पत्रकार सम्मेलन गरेर यहि मंसिर ५ र ६ गते काठमाडौंमा एमालेको बृहत कार्यक्रम हुने जानकारी दिए।

‘मंसिर ५ र ६ गतेको सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उहाँलाई थाहा छ। यो संविधानले नचिन्ने अवैधानिक सरकार हो,’ उनले भने, ‘जेनजीकी हजुरआमा सुशीला कार्कीले यो सरकार छाड्नुपर्छ, यो कुरा उनलाई थाहा छ। त्यसैले आज सिमरामा उनले हामीलाई एउटा धक्का दिएकी हुन्, हामीलाई प्रवेश निषेध गरेर।’ बस्नेतले पत्रकारहरु सामु भने।

‘हामीले युथ भोलेन्टियर फोर्स गठन गर्दैछौं, माइतीघरदेखि बानेश्वरसम्म रातो क्याप लगाएर सामान्य प्रदर्शन गर्छौं, शान्तिपूर्ण कार्यक्रम हुन्छ, प्रहरीसँग झडप गर्दैनौं, हामीसँग अनुशासित युवाहरू छन्,’ बस्नेतले भने, ‘अध्यक्षज्यूलाई प्रमुख अतिथि बनाएर राष्ट्रिय स्वयमसेवक फोर्स घोषणा गर्छौं।’ मंसिर ६ गते काठमाडौं उपत्यका स्तरीय बृहत भेला भृकुटीमण्डपमा गरिने पनि उनले बताए।

बस्नेतले बर्तमान सरकारमा बस्नेहरु तर्फ संकेत गर्दै आज देशको अवस्था जटिल रहेको अन्तर्राष्ट्रिय साम्राज्यबादीहरुले नङ्ग्रा गाडेको, आफूलाई राष्ट्रवादी, विकासवादी र जनताको पक्षधर भन्ने शक्ति पनि छद्म भेषमारहेको र उनीहरूले नै यो लोकतन्त्रलाई समाप्त पार्न चाहेका बताए यसै सन्दर्भमा उनले भने,  विधिको शासन, दलीय व्यवस्था र राजनीतिक दललाई समाप्त नपारी आफ्नो राज हुँदैन भन्ने उनीहरुको बुझाई छ।’

जेनजी समूहका नाममा देशलाई अस्थिर बनाउने गतिविधि भइरहेको  कुरा दैनिक घटनाक्रमले पुष्टि गर्दै गएको भन्दै बस्नेतले हिजो एमालेले यो कुरा गर्दा गाली गर्नेहरुले पनि दुई महिनाको बिचमा यो कुरा बुझेका बताए । ‘सुशीला कार्की नेतृत्वकाे  सरकार जेनजी आन्दोलनको आडमा खच्चड चढेर हिँडेको छ, अहिलेको सरकारसँग पीडा बोकेका परिवार र घाइतेहरू समेत खुसी छैनन्, दलीय व्यवस्थाको विकल्पको रूपमा गैरदलीय र निरङ्कुशहरू शासनमा जाँदा देशको हविगत भएको छ’, बस्नेतले भने ।

दुर्गा प्रसाईँलाई घरमा सुतिरहेको अबस्थामा मध्यरातमा पक्राउ गरिनु गलत हो भन्दै बस्नेतले प्रसाईँलाई जेनजीका नाममा रहेको विदेशी चलखेलबारे खुलासा गरेकै कारण पक्राउ गरिएको दाबी गरे। सरकार अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध उभिएको उनले आरोप लगाए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुँदा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले अन्तर्देशीय प्रसारण लाइनमा ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै बस्नेतले डडेलधुराको रकम सारेर निकटका कम्पनीलाई फाइदा पुर्‍याउन धुलिखेलको सडकमा पैसा ल्याएको आरोप लगाए ।

सरकारले देशलाई जेनजी युवाका नाममा  आतङ्कित बनाउने प्रयास गरिरहेको बताउँदै बस्नेतले प्रहरी प्रशासनको मनोबल अत्यन्त कमजोर रहेको टिप्पणी गरे। २०–३० जनाको हल्लाले पनि सिमरा विमानस्थल बन्द हुनु र महत्त्वपूर्ण संरचना ठप्प पार्ने स्थितिमा पुग्नु दुखड रहेको उनले बताए। ‘स्टनबाजी गरेर देश चलाउन खोज्ने प्रवृत्तिले राज्यलाई ध्वस्त पार्दै छ, त्यसैले अब संसद् पुनर्स्थापना हुनु आवश्यक छ’, बस्नेतले भने ।

 

 

३ मंसिर २०८२, बुधबार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा