पोखरा, आज सोमबार, मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजकाे दिन पशुपति मन्दिरको परिसर सहित देशभरका विभिन्न शिवालयहरुमा दिवंगत पितृको सम्झना गर्दै र उनीहरुको सद्गतिको कामना गर्दै शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइंदै छ । यस क्रममा हिजो मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको बुधबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ ।
देशका विभिन्न शिबलयमा सतबिज छर्ने क्रममा पोखरा र आसपासका बिभिन्न क्षेत्रमा पनि सताबिज छर्न मानिसहरु पुग्ने गरेका छन। पोखरा महनगरपालिका -२३ मा पर्बत, कास्की र स्यांग्जाको संगमस्थलको रुपमा रहेको पन्चासे, पोखरा -२ स्थित बिन्दुबासिनि मन्दिर लगायतका स्थानमा बर्षौं देखि सतबिज छर्न जानेहरुको भिड लाग्ने गर्दछ।
यसका साथै पोखराको लेकसाइडस्थित केदारेश्वर महादेव मन्दिर, पोखरा-२० स्थित भलाम स्थित हरिहर गुफा, पोखरा -१३ आर्वास्थित महाप्रभुधाम लगायतका स्थानमा बुधबार बिहानबाट नै सतबिज छर्ने हरुको भिड लाग्ने गरेको छ। पछिल्लो समय पोखरा -२३ स्थित सिद्धबराह अर्थात माझथुम, पोखरा -१७ स्थित गुप्तेश्वर गुफा, मासवार स्थित पुष्करेश्वर शिब महादेव मन्दिर लगायतका स्थानमा पनि सतबिज छर्ने गरिएको छ।

बाला चतुर्दशीसँग जोडिएको कथा
बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथा अनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।
त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंह मार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।
माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नमिल्ने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आज त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।



















