पोखरा, पोखराको नदीपुरस्थित कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि तिन महिने मन्टेश्वरी तालिमको आयोजना गरियो। क्याम्पसको पढाई सकिएसंगै बिभिन्न मन्टेश्वरीमा काम गर्न सक्ने सिप र दक्षता अभिवृद्धि गर्ने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको बताईएको छ।
क्याम्पसमा अध्ययनरत २३ जना छात्राहरुको सहभागिता रहेको उक्त तालिममा सोबिता थापा र कल्पना थापाले मन्टेश्वरी कक्षा र साना बालबालिकाको विकास लगायतका बारेमा प्रशिक्षण दिएका थिए।
तालिमको समापनको अबसरमा आयोजित समारोहमा तालिमका सहभागीहरुलाई कन्या क्याम्पसका सञ्चालक समिति अध्यक्ष शिवलाल मल्ल, पोखरा महानगरपालिका -३ का वडाध्यक्ष प्रकाशमान उदास, कन्या क्याम्पसका प्रमुख सुरेश कुमार मानन्धर, सांग्रिला विकास बैंकका गण्डकी प्रदेश प्रमुख रेवन्त श्रेष्ठ र पोखरा मन्टेश्वरी तालिम केन्द्रका संचालक थिरबहादुर थापा लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस अबसरमा बोल्दै कन्या क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लले क्याम्पसले छात्राहरुलाई पढाइमा मात्र सिमित नराखी व्यवहारिक सिप प्रदान गर्न यस किसिमको तालिमको आयोजना गरिएको बताए ।
पोखरा महानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष प्रकाशमान उदासले सिकेको सीपलाई व्यवहारमा लागु गर्न सके मात्र तालिम सफल भएको मान्न सकिने भन्दै यस बर्ष सञ्चालन गरिने दोश्रो मन्टेश्वरी तालिमको लागि वडाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कन्या क्याम्पसका प्रमुख सुरेश कुमार मानन्धरले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसमा मन्टेश्वरी ल्याव निर्माण गरिएको जानकारी गराउदैं छात्राहरुका लागि मन्टेश्वरी लगायत लेखा, प्रस्तावना लेखन, कम्प्यूटर शिक्षा जस्ता व्यावहारिक तालिमहरु निरन्तर आयोजना गरिरहेको बताए ।

कार्यक्रमको सहयोगी संस्था सांग्रिला विकास बैंकका प्रदेश प्रमुख रेबन्त श्रेष्ठले कार्यक्रम प्रभावकारी भएका भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।
तालिमका प्राविधिक सहयोगी संस्था पोखरा मन्टेश्वरी तालिम केन्द्रका सञ्चालक थिरबहादुर थापाले पहिलो पटक क्याम्पससंग सहकार्य गर्न पाएको र सबै सहभागीले तालिम पुरा अबधि लिएकोमा खुशी व्यक्त गर्नुहुदै प्रशिक्षार्थीहरुको लागि रोजगारी आबश्यक हुँदा आफुले सहयोग गर्ने बताए ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट अस्मिता पुनले तालिम निकै प्रभावकारी भएको र यस्तो तालिमले युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने बिश्वास ब्यक्त गरिन।
कार्यक्रममा प्राध्यापक संघ कन्या क्याम्पसका सभापति दिननाथ अधिकारी, सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ, छात्रा समितिका पुर्व संयोजक निलम कर्माचार्य, शिक्षा संकायका प्रमुख भूमिराज पण्डित, छात्रा कल्याण समितिका संयोजक सोनु पाइजा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




















