Play

नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समिति गठन, अध्यक्षमा तिवारी

गुरुकुल खबर


पोखरा, नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिको अध्यक्षमा उदयकान्त तिवारी सर्वसम्मत चयन भएका छन् । उनि लामो समयदेखि तत्कालिन पश्चिमान्चल क्षेत्रिय अस्पताल वा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी विभागमा कार्यरत छन।

अध्यक्षमा चयन भएपछि तिवारीले रेडियोग्राफरहरूको हकहितको लागि मात्र नभएर उनीहरुको सीप विकास, सेवामा गुणस्तर वृद्धि तथा रेडियोलोजी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए । उनले गण्डकी प्रदेशमा रेडियोग्राफी सेवा अझ व्यवस्थित, सुरक्षित र पहुँचयोग्य बनाउन प्रदेश समिति अग्रसर रहने समेत बताए।

शनिवार सम्पन्न भेलाले गठन गरेको गण्डकी प्रदेश स्तरीय नयाँ कार्यसमितिको उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा बिमल क्षेत्री, सह–सचिवमा आशिष भण्डारी र कोषाध्यक्षमा इश्वरी क्षेत्रीलाई चयन गरिएको छ।

यसैगरी प्रदेश समितिको सदस्यहरूमा बिनिता विश्वकर्मा, आनन्द अर्याल, अशोक बराल, गणेश अधिकारी, प्रमिला सिग्देल थापा, दिपेन्द्र सुबेदी, अशोक सुनार र आश्विन देवकोटा चयन भएका छन्। सल्लाहकारमा राकेश सिंह, अरुण कुमार मण्डल, कृष्ण केसी र अनिश बाबु पौडेल रहेका छन्।

भेलामा सहभागी वक्ताहरूले प्रदेशमा रेडियोलोजी सेवा विस्तार, मानवीय स्रोत विकास र पेशागत मर्यादाको संरक्षणका लागि सोसाइटीले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए।

३० कार्तिक २०८२, आईतवार २२:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा