Play

शिवशक्ति क्याम्पसमा नयाँ संचालक समिति, अध्यक्षमा बाँस्तोला

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका-११ फुलबारीमा संचालनमा रहेको शिवशक्ति क्याम्पसको शनिबार सम्पन्न १७ औं सभा तथा सातौं अधिवेशनले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोलालाई दोश्रो कार्यकालको लागि चयन गरेको छ । क्याम्पसको १५ सदस्यीय सञ्चालक समिति रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्कीलाई सदस्य राखिएको छ ।

समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकको तर्फबाट लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे, पदेन सदस्यमा पोखरा -११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघका सभापति तोलाकान्त न्यौपानेलाई सदस्य राखिएको छ तर त्रिवि प्रतिनिधि र विद्यार्थी प्रतिनिधि भने मनोनीत हुन बाँकी छ ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले उद्घाटन गरेको उक्त क्याम्पस सभाको अबसरमा पूर्व प्राचार्य प्रेमबहादुर राई, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला र लामो समयदेखि प्राध्यापन गर्दैआएका मनोज बास्तोलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा- ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोला, ग्यालेक्सी माविका निर्देशक राजु कायस्थ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कायस्थले आफ्ना बाबु राधेश्याम कायस्थको नाममा १ लाख बराबरको तथा वडाध्यक्ष कर्माचार्यले १ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अध्यक्षकोष स्थापना गर्ने घोषणा गरे ।

३० कार्तिक २०८२, आईतवार ०९:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा