पोखरा, पोखरा महानगरपालिका वडा नं १३ बाँझापाटनस्थित भद्रकाली बहुमुखी क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ अधिबेशनले क्याम्पस संचालक समितिको अध्यक्षमा जयप्रसाद सापकोटालाई चयन गरेको छ । सापकोटा लामो समयसम्म बैंकिंग क्षेत्रमा संलग्न रहेका थिए ।
शनिबार सम्पन्न अधिबेशनले क्याम्पस संचालक समितिको सदस्यहरुमा विष्णु कार्की, बलराम बराल, शोभाकान्त सिग्देल, शारदा पराजुली, युवराज त्रिपाठी र हिमबहादुर गुरुङलाई चयन गरेको छ ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसमा गुणात्मक शिक्षाको लागि आँफु र विश्वविद्यालयको तर्फवाट सहयोग गर्न सदैव तयार रहेको बताए । उनले मानिसलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन शिक्षा आबश्यक हुने कुरामा जोड दिए ।
भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रकाली क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष विश्वप्रकास सिग्देल, निवर्तमान अध्यक्ष बजिरमान श्रेष्ठ, भद्रकाली क्याम्पसका पुर्व क्याम्पस प्रमुख किशोरदत्त वराल, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, क्याम्पसका सल्लाहकार द्धय रामगोपाल ढेवाजू लगायतले शिक्षाको महत्व र क्याम्पसका बिगतका दिनको स्मरण गरेका थिए ।
यसैगरि कार्यक्रममा बाबुराम पन्त, भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष दिपक गुरुङ(माइला), भद्रकाली माविका प्रधानाध्यापक यदुराज पगेनी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिका सभापति बुद्धिराज सापकोटा, युवा व्यवसायी आदर्शमान श्रेष्ठ, आमा समुहको तर्फवाट सत्यदेवी आमा समुहका अध्यक्ष जमुनादेवी श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेका थिए क्याम्पसका सहायका प्रमुख नारायणप्रसाद सापकोटाले साहित्यमय भाकामा कार्यक्रम संचालन गरेका थिए ।




















