Play

पोखरामा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा प्रदान गर्दै आएको ‘ग्यालेक्सी युनिसेक्स सैलुन’ दोश्रो बर्षमा

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -५  जिरो किमी चोकमा संचालन भैरहेको ग्यालेक्सी युनिसेक्स सैलुन दोश्रो बर्षमा प्रवेश गरेको छ। दोश्रो बर्ष प्रवेशको अवसरमा सैलुनले आंफ्ना ग्राहकहरूका लागि ३५ देखि ५० प्रतिशतसम्म छुटसहितका आकर्षक अफर सार्वजनिक गरेको सैलुनकी प्रबन्ध निर्देशक शोभा अधिकारी खनालले गुरुकुल खबरलाई जानकारी दिईन।

प्रबन्ध निर्देशक खनालका अनुसार ग्यालेक्सी युनिसेक्स सैलुनले अन्तराष्ट्रियस्तरको सौन्दर्य सेवा प्रदान गर्नुको साथै सोहि अनुसारको अनुभव आफ्ना ग्राहकलाई  दिलाउने प्रमुख लक्ष राखेको छ। “हामीले विदेशमा सिकेका सीप र अनुभव अब आफ्नै भूमिमा प्रयोग गर्ने संकल्पका साथ यो सैलुन सुरु गरेका हौं र  निकट भविष्यमै ‘ग्यालेक्सी ब्युटी एकेडेमी’ सञ्चालन गर्ने तयारी भइरहेको छ।” उनले भनिन।

खनालले दुबईमा करिब १५ वर्षसम्म आफैले सैलुन सञ्चालन गरेर प्राप्त गरेको अनुभवलाई अहिले आफ्नै ठाउँमा प्रयोग गर्न लागेको बताइन । आफ्नै देशमा फरक र आधुनिक प्रविधि भित्र्याएर अन्य साथीहरुसंग मिलेर सैलुन स्थापना गरिएको र सैलुनमा हेयर कटिङ, कलर, स्पा, केराटिन, बोटक्स, मोरक्को बाथ, फेसियल, थेरापी, स्किन केयर, नेल आर्ट लगायतका बिभिन्न किसिमका सेवा उपलब्ध रहेको उनले बताइन।

उक्त सैलुनबाट अन्तर्राष्ट्रिय ब्रान्डका हेयर र स्किन केयर प्रोडक्टहरूको बिक्री वितरण समेत हुँदै आएको बताउंदै खनालले निकट भविष्यमा सैलुनका शाखा काठमाडौं र बुटवलमा विस्तार गर्ने योजना बनाइएको जानकारी दिईन। साथै, युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगारमा प्रोत्साहित गर्ने दीर्घकालीन योजना समेत रहेको बताइन्। उत्कृष्ट साजसज्जा, आधुनिक उपकरण र दक्ष जनशक्तिसहितको ग्यालेक्सी युनिसेक्स सैलुनमा एक पटक पुगेका ग्राहक फेरी पनि आउने गर्दा ग्राहकको आकर्षण बढेको महशुश भैरहेको उनको भनाई छ  ।

सैलुनमको संचालनको क्रममा करिब एक करोड रुपैयाँ लगानी भएको र सैलुनले स्थापनाको छोटो अवधिमै सौन्दर्य सेवाको क्षेत्रमा नयाँ आयाम थप्न सफल भएको दाबि गर्दै खनालले हालसम्म ४० जना युवायुवतीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिएको उल्लेख गरिन।

२५ कार्तिक २०८२, मंगलवार १०:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा