पोखरा, नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादी सहितका नौ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेकपा एकीकृतकी नेतृ रामकुमारी झाँक्री र नेता किसन श्रेष्ठ लगायतका नेताहरु नेकपा एमालेमा फर्किएका छन ।
नेकपा (एमाले)ले सोमबार काठमाडौँमा आयोजना गरेको घर फर्क अभियान कार्यक्रममा माओवादी लगायतका कम्युनिस्ट दलको एकतामा असन्तुष्ट झाँक्री र श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका हुन ।

उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झन्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई बुझाएका थिए ।
कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता लगायत एमालेमा फर्किएका छन् ।
![]()




















