Play

उत्तेजक अभिव्यक्ति दिने डा. निकोलस गोरखाबाट पक्राउ

गुरुकुल खबर


पोखरा, सामाजिक संजाल र बिभिन्न संचार माध्यमबाट हिँसा भड्काउने किसिमको अभिव्यक्ति दिंदै आएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।

भुषाललाई हामीले नियन्त्रणमा लिएका छौं अहिले मेडिकल गराउन अस्पताल पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले डा. भुषाललाई पक्राउ गरेर परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलवार उनलाई गोरखामा नियन्त्रणमा लिएको र स्वास्थ्य परिक्षण पछि काठमाडौँ  लगिने बुझिएको छ ।

डा. भुसालले यहि कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएपछि नेकपा एमालेका केहि नेतासहित नेपाली काँग्रेस सम्बद्ध तरुण दलका केहि नेताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए ।

दुवैपक्षबाट उत्तेजक अभिव्यक्ति आएपछि सम्भावित मुठभेद हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिइएको प्रहरी अधिकृतहरू बताउँछन् ।  यसअघि गत असोज २३ मा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएको बताइएको छ ।

त्यसपछि पनि उनको विवादित अभिव्यक्ति रोकिएको छैन । जेनजी प्रदर्शनमा ओली, लेखक र प्रजिअले सर्वसाधारणको ‘हत्या’ गरेको अभिव्यक्ति दिँदै भुसालले उनीहरूको घर घेरेर कारबाही गर्ने अभिव्यक्ति दिएका थिए ।

१८ कार्तिक २०८२, मंगलवार १४:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा