Play

दुर्गा प्रसाईंको महाभियान र नेपाली काँग्रेस बिपीको बिचमा मङ्सिरमा हुने आन्दोलनमा सहकार्य गर्ने सहमति

गुरुकुल खबर


काठमाडौँ, राजाबादीको रुपमा चिनिएका दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचनले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी) को बिचमा आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियान अन्तर्गतको आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ। आज आइतबार प्रसाईंको निवास भक्तपुरमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

दुवै पक्षले नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीको प्रतिवादका लागि मुलुकव्यापी जनजागरण आवश्यक रहेको स्वीकार गर्दै राष्ट्र, धर्म र नागरिकको रक्षा, साथै सुशासन तथा स्वतन्त्रताको पुनर्स्थापनाको लक्ष्यसहित सहकार्य गर्दै आन्दोलनमा जाने सहमति गरेको बताइएको छ । सहमति अनुसार आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुने उल्लेख छ।

सहमतिमा उल्लेखित प्रमुख बुँदाहरू:

साझा उद्देश्य: राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्नेछन्।

आन्दोलनमा सहभागिता: आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन्।

स्वतन्त्र प्रचार र पहिचान: आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचानसहित अभियानमा सहभागी हुने स्वतन्त्रता दिइनेछ।

नेतृत्व र सह–समन्वय: आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ। बी.पी. कांग्रेसको तर्फबाट सहभागी टोलीको नेतृत्व तोकिएको जिम्मेवार व्यक्तिले गर्नेछ, जसले महाअभियानसँग सह-समन्वय गर्नेछ।

नीति र मर्यादा: दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति भएको छ।

प्रेस र जनसम्पर्क: सहकार्य सम्झौता र आन्दोलनबारे दुवै पक्षले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन्।

१६ कार्तिक २०८२, आईतवार १२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा