Play

बाराही माबि र धर्मस्थली आधारभूत बिधालयमा ब्यबस्थापन समिति गठन, लक्ष्मण र बसन्त बने ‘अध्यक्ष’

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं-५ मा संचालनमा रहेका दुईवटा सामुदायिक बिधालयमा बिधालय ब्यबस्थापन समिति गठन गरिएको छ। जस अनुसार बाराही माध्यमिक बिधालय मालेपाटन ब्यबस्थापन समितिको अध्यक्षमा बसन्तराज कोइराला र धर्मस्थली आधारभूत बिधालयको ब्यबस्थापन समितको अध्यक्षमा लक्ष्मण प्रसाद कोईरालालक्ष्मन्लाई चयन गरिएको छ।

बसन्तराज कोइराला अध्यक्ष रहेको बाराही माध्यामिक बिधालयको ब्यबस्थापन समितिमा हिराबिक्रम शाही, होमप्रसाद पौडेल, विश्वराज कोइराला, बोलमाया पौडेल र दिपक खडकाको साथै जनप्रतिनिधिको तर्फबाट वडासदस्य मणिराम बराललाई सदस्यमा चयन गरिएको छ। समितिको सदस्य सचिबमा बिधालयका प्रअ शिबप्रसाद भण्डारी रहेको छन।

यसैगरी लक्ष्मण प्रसाद कोईराला अध्यक्ष रहेको धर्मस्थली आधारभूत बिधालयमा महेन्द्रराज दाहाल, मोहनकुमार कार्की, कर्णदेबी थापा मगर, रेखा थापा, स्मृति सुनार र जनप्रतिनिधि को तर्फबाट वडासदस्य गोबिन्द पराजुलीलाई सदस्य चयन गरिएको पोखरा -५ का वडाअध्य्क्ष बिष्णुप्रसाद बरालले गुरुकुल खबरलाई जानकारी दिए। यसैगरी उक्त समितिको सदस्य सचिबमा बिधालयका प्रअ बदन शर्मा पौडेल रहेको बुझिएको छ।

१३ कार्तिक २०८२, बिहीबार १४:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा