पोखरा, मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील संस्था मानव अधिकार संरक्षण मंच (मासम) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले मुलुकमा मानव अधिकारको पछिल्लो अबस्था र बिभिन्न घटनाक्रमको बारेमा गम्भीर समिक्षा गर्दै बिभिन्न निर्णय गरेको छ।
संस्थाका महासचिब डा. श्रीकान्त खतिवडाका अनुसार गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा राज्यको अत्यधिक बल प्रयोगबाट गोलि लागेर मृत्यु भएका २२ सहित ७६ जनाको मृत्यु भएकोमा गहिरो दुख प्रकट गर्दै मृतकको परिवारलाई यथोचित राहत र घाइतेको स्वास्थ्य उपचार अनि अशक्त भएकाहरुलाई जीविकोपार्जनका लागि आबश्यक व्यवस्था गर्न सरकारसंग माग गर्ने निर्णय गरेको छ।

बैठकले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका दर्जनौं सरकारी कार्यालय सहित निजि एबम सार्बजनिक सम्पतिमा गरिएको आगजनी, तोडफोड र लुटपाट गरि राज्यलाई नै तहसनहस पार्ने काम भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कानुनी कारबाही गर्न र मुलुकमा शान्ति सुब्यबस्था कायम गर्न समेत सरकारसंग माग गरेको छ ।
यसैगरी सरकारले फागुन २१ गते चुनाबको मिति तोकिसकेको अबस्थामा चुनाबको लागि शान्ति सुरक्षाको उपयुक्त बाताबरण बनाउन सरकारसंग माग गर्नुको साथै निर्बाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरुले समेत संयम र जिम्मेवार भूमिका निर्बाह गर्न सरोकारवालालाई आग्रह गरेको संस्थाका महासचिब खतिवडाले गुरुकुल खबरलाई जानकारी दिए।
बैठकका निर्णयहरुको पूर्ण पाठ..























