Play

पोस्टमार्टम रिपोर्ट: जेनजी आन्दोलनमा गोलि लागेका ३९ जनालाई कम्मरमाथि गोली लागेको पुष्टि

गुरुकुल खबर


काठमाडौँ, गत भदौ २३ र २४  जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा गोली प्रहारबाट मारिएका ३९ जनालाई कम्मरभन्दा माथि गोली लागेको पुष्टि भएको जनाइएको छ। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले तयार पारेको पोस्टमार्टम रिपोर्टमा अधिकांशको छाती, टाउको, घाँटी र पेटमा गोली लागेको उल्लेख छ। रिपोर्ट अनुसार ‘हाई भेलोसिटी’ अर्थात् राइफलजस्ता घातक हतियार प्रयोग भएको पाइएको छ।

फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार केही शवमा मात्र लो–भेलोसिटी पेस्तोलका गोलीको प्रभाव देखिए पनि अधिकांश मृतक टाढाबाट चलेको मेटल बुलेटको कारण मारिएका हुन्। काठमाडौं उपत्यकामा मात्रै ३५ जनाको मृत्यु भएकोमा १९ जनाको छाती, १० जनाको टाउको, चार जनाको पेट र दुई जनाको घाँटीमा गोली लागेको पाइएको छ।

मानवअधिकार आयोगले प्रहरी र सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोपमा अनुसन्धान अघि बढाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार पहिलो दिनको गोली प्रहारका घटना विशेष गम्भीर भएकाले प्राथमिकता दिइरहेको बताइएको छ। विज्ञहरूले प्रहरीमा पर्याप्त तालिमको अभाव र घातक हतियारको प्रयोगले यस्तो मानवीय क्षति भएको टिप्पणी गरेका छन्।

११ कार्तिक २०८२, मंगलवार ०७:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा