Play

युनाइटेड क्लब पोखराको साधारणसभा: आगामी पुष २९ देखि माघ ११ सम्म पोखरा महोत्सव संचालन गरिने

गुरुकुल खबर


पोखरा, युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको १६ औं साधारण सभाले उक्त निर्णय गरेको हो महोत्सब पोखराको अमरसिंह चौरमा हुनेछ साधारण सभामा बोल्ने बक्ताहरुले युनाइटेड क्लब पोखराले आयोजना गर्ने पोखरा महोत्सव पोखरेलीको महोत्सव भएको र महोत्सबबाट प्राप्त हुने आम्दानी बाट क्लबले सामाजिक काम गर्दै आइरहेकाले अब हुने महोत्सबमा पनि सबैको सहयोग र समर्थन रहने बिश्वास ब्यक्त गरेका थिए ।

साधारण सभामा वोल्दै युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिदै आइरहेको र अब हुने महोत्सवमा समेत सवैको साथ र सहयोग रहने बताए  । उनले युनाइटेड क्लब पोखरालाई राष्ट्रियस्तरको क्लव बनाउने अभियानमा लाग्न क्लबको जिम्मेवारीमा रहेका पदाधिकारीलाई आग्रह गरे ।  क्लबले हाल लेखनाथको अर्चलेमा आफ्नै जग्गामा आवासिय छात्राबास निर्माणको काम अगाडी बढाएको र आगामी वर्ष ५ जना छात्राहरु राखेर छात्राबासको सुरुवात गरिने उनको भनाई थियो ।

युनाइटेड क्लव पोखराका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लबले १६ वर्षको यात्रा  तय गर्दा आगामी दिनमा शिक्षा क्षेत्र र आवाशिय छात्राबास निर्माणलाई नै जोड दिनुपर्ने धारणा राखे । सामाजिक कामकै कारण युनाइटेड क्लबको पहिचान स्थानीयस्तरमा र राष्ट्रियस्तरमा पनि बढेको बताए  ।

युनाइटेड क्लबका परिकल्पनाकार आनन्द थापाले अमरसिंह वरपरका युवाहरुलाई समेटेर स्थापना भएको युनाइटेड क्लब उद्देश्य अनुरुप अगाडी वढेको भन्दै खुसि प्रकट गरे । आफुले १६ वर्ष अगाडी देखेको सपना बिस्तारै साकार हुदै गएको उनको भनाइ थियो ।

साधारण सभामा क्लबका अध्यक्ष लोक बहादुर थापाले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।

११ कार्तिक २०८२, मंगलवार ०७:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा