Play

सरकार बिरुद्ध बिभिन्न दल र समुह सक्रिय बन्दै, दुर्गा प्रसाईंको समूह र विप्लव नेतृत्वको नेकपा पनि आन्दोलनमा

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनबाट बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको बिरुद्ध बिभिन्न राजनीतिक दल एबम संगठी समुहहरुले सडक संघर्षका कार्यक्रम सार्बजनिक गर्ने क्रम बढेको छ। आन्दोलनको लगत्तै नेकपा एमालेको युवा संघले काठमाडौँमा प्रदर्शन गर्ने भनेको भएपनि स्थनीय प्रशासनले अनुमति नदिएपछि उनीहरुको र्याली र प्रदर्शन रोकिएको थियो। तर सबैजसो जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु मार्फत बिभिन्न बिषयमा ज्ञापनपत्र बुझाउने काम भने एमाले र उक्त पार्टीसंग सम्बन्धित बिभिन्न संगठनहरुले गरिरहेका छन ।

जेनजी आन्दोलनबाट बर्तमान सरकार बनेको भएपनि जेनजी नामका धेरै समुहहरु देखिएपछि केहि समूहले सडकमा आएर सरकारको कार्यशैलीको बिरोध गर्दै प्रदर्शन गररहेका छन यसैक्रममा आइतबार शनिबार काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर करिब ५० जनालाई गिरफ्तार गरेको थियो।

उक्त घटनापछि जेन–जी प्रतिनिधिहरूले सरकारविरुद्ध कडा आक्रोश व्यक्त गरेका छन्। शनिवार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि’जेन–जी’ प्रतिनिधिहरू सरकारविरुद्ध खनिदै शान्तिपूर्ण रूपमा भेला भएका युवाहरूलाई सरकारले पक्राउ गरेकाले उनीहरूको तत्काल रिहाइ नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइन्। जेन–जी’ ले बनाएको सरकारले आँफुहरूको मागअनुसार काम गर्न नसकेको भन्दै आँफुहरु पछाडी नहट्ने र कडा कदम चाल्न बाध्य हुने प्रतिक्रिया दिएका थिए।

भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारको दमनकारी नीतिविरुद्ध लाग्न सबैलाई आह्वान गरे। उनले भने, ‘हामीलाई युनिफाइड (एकताबद्ध) पनि हुन नदिने, यो कस्तो सरकार हो? युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने? अब अहँ हुँदैन। जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ। सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ।’  यसका साथै अन्य बिभिन्न समुहले पनि काठमाडौँको माइतीघरमा दिनहुजसो  प्रदर्शन गरिरहेको छन।

बिभिन्न दल र समुहले आन्दोलन र प्रदर्शन गर्नेक्रममा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ अभियानका संयोजक समेत रहेका मेडिकल ब्यबसायी दुर्गा प्रसाईंले पनि यहि छठ पर्वपछि आन्दोलनको घोषणा गरेका छन।  उनले आन्दोलनका कारण सबै कार्यालय एबम यातायात बन्द रहने भन्दै आमसर्बसाधारणलाई अत्यावश्यक सामग्रीको प्रबन्ध गर्न समेत आह्वान गरेको छन।

मेडिकल व्यवसायी तथा अभियन्ता प्रसाईँले पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनमा जाने घोषणा गरेलगत्ते सरकारले कुनै पनि दल वा समुहलाई आन्दोलन छोडेर बार्तामा आउन आह्वान गरेको थियो।  सरकारको उक्त आग्रह पछि प्रसाइले पनि सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएमा त्यसको स्वागत गर्ने बताएका छन्  उनले ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको पनि उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ।’ तर उनले भनेजस्तो राजसंस्था स्थापनाको बिषयमा सरकारले सहमति जनाउने अबस्था नरहेकोले उनीहरुको आन्दोलन अगाडी बढ्ने सम्भावना छ। उनले अब हुने आन्दोलनले मुलुकमा राजसंस्था स्थापना गर्ने र यो नै अन्तिम आन्दोलन हुने दाबी गरेपनि आन्दोलन कस्तो हुने र कसरि टुंगिने भन्ने अनुमान गर्न पनि कठिन छ।

दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन घोषणा भएलगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि कात्तिक २० गतेसम्म जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । असोज २५ देखि ३० गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो । सोहि अनुरुप पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन सर्बसाधारणलाई आह्वान गरेका छन् ।

विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गर्दै उनले नेपाललाई अरूले नभई आफैँले फेर्ने र भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त नभएसम्म देशले आत्मसम्मान सहितको उन्नति हासिल गर्न नसक्ने स्पष्ट पारेका छन। ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् । देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू’, उनले सामाजिक संजालमा लेखेका छन्

पार्टीको बैठकको निर्णयअनुसार कात्तिक १३ गतेसम्म भित्ते लेखन गर्नेछ । बैठकले सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवाहरूका लागि रोजगारीको ग्यारेन्टी गर लगायतका नारा तय गरेको छ । बैठकले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्ने, कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने र कात्तिक २० गते काठमाडौँमा बृहत् जनसभा गर्ने निर्णय गरेको छ ।

१० कार्तिक २०८२, सोमबार १५:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा