Play

‘मन्त्री’ भन्दै सुनार र श्रेष्ठले बधाई खाए तर मन्त्री पदको शपथ खान पाएनन

अदालतमा मुद्दा चलिरहेका श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भुमि ब्यबस्थामन्त्रीमा सिफारिस गणपतिलाल श्रेष्ठलाई झड्का


गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनबाट बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ नहुने भएको छ ।

फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि सुनारको शपथ रोकिएको हो भने भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि श्रेष्ठको शपथ पनि रोकिएको हो अब आज आइतबार अन्य दुईजना मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

खगेन्द्र सुनार बिरुद्द फौजदारी र विधुतीय कारोबार सम्बन्धि मुद्दा

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने उल्लेख थियो । अहिले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएका राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । ‘बिहान नाम समावेश भएर आएको थियो । अहिले प्रधानमन्त्रीका स्वकीय सचिव आएर प्रधानमन्त्रीले शपथ नगराउने जानकारी गराउनुभयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव  श्रेष्ठले भने सुनारको नाम मन्त्रीको लिस्टमा समावेश नै नरहेको दाबी गरेका छन् । तर उनको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो । दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।

स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । २०८१ असार १४ मा दायर भएको मुद्दामा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । २०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो । सुनारविरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरी दिएका थिए ।

निज सुनार विद्युतीय (इलेक्ट्रिक) कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी रहेको भेटिएको छ ।  उनी विरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा चलिरहेको भेटिएको हो । उनीविरुद्ध मनिषा गौतमले जाहेरी दिएकी थिइन् । काभ्रे जिल्ला अदालतबाट जारी भएको ७ दिने र ३५ दिने पक्राउ पुर्जी तामेल गरेर पठाउन २०८२ साउन ५ मा अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो ।

९ कार्तिक २०८२, आईतवार १५:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा