पोखरा, पोखरा महानगरपालिका -५ मनकामना मन्दिर नजिकको गैरीगाउँ स्मृतिमार्ग टोल विकास संस्था पोखरा ५ मालेपाटनको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ अधिबेशनले आगामी तिन बर्षको लागि लेखराज पोखरेलको अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।
समितिको उपाध्यक्षमा जगतराम शर्मा, सचिवमा शेषकान्त पौडेल, सह-सचिवमा शान्ता बस्नेत, कोषाध्यक्षमा रामप्रसाद पौडेल चयन भएको छन भने कार्यसमितिको सदस्यहरूमा सोमनाथ लामिछाने, सिता पराजुली, अमृता अधिकारी तिमिल्सिना, शान्ती भण्डारी, गंगा बराल, कल्पना वि. क, पूर्णिमा बढुवाल र मन्जु मुक्तान चयन भएको संस्थाका सल्लाहकार समेत रहेका निर्बाचन समितिको संयोजक बेदहरी तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए । निर्वाचन सम्पन्न गर्नका लागि तिमल्सिना संयोजक तथा ज्ञानबहादुर केसी र ईश्वर सुवेदी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यस अगाडी साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु बरालले गैरीगाउँ स्मृतिमार्ग टोल विकास संस्थाले स्थापनाकालदेखि नै टोल विकासका लागि उदाहरणीय काम गरेको भन्दै संस्थाका गतिविधिको सराहना गरे। टोल विकासका कार्यमा जनप्रतिनिधिहरू सदा साथमा रहने प्रतिबद्धता समेत उनले ब्यक्त गरे।
वडा सदस्य तथा स्थानीय जनप्रतिनिधि कल्पना क्षेत्रीले संस्थाले संचालन गरेका बिबिध गतिबिधिसहितको सक्रियताको प्रशंसा गरिन ।
यसैगरी संस्थाका सल्लाहकार बेदहरि तिमल्सिनाले संस्थाको स्थापनाकालदेखि हालसम्मका गतिविधिहरू टोलवासीका लागि महत्त्वपूर्ण भएको कुरामा जोड दिए ।
संस्थाका सदस्यहरू शान्ता बस्नेत र अमृता तिमिल्सिनाले पनि साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभाले संस्थाका सचिव शेषकान्त उपाध्याय पौडेलले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सोही अवसरमा संस्थाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने शोभनाथ लामिछाने, श्रीमती सल्मासे मिया र वयोवृद्ध होमनाथ बराल र माया क्षेत्री लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष जगतराम र सचिव शेषकान्त पौडेलले पनि संस्थाका बिबिध गतिबिधिबारेमा जानकारी गराएका थिए।




















