Play

कांग्रेसका युवा नेता ओमलाई मातृशोक तथा पुर्व डिएसपी मोहनलाई पत्निशोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२६ लेखनाथ निबासी नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य एबम नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका पुर्ब अध्यक्ष ओमराज बस्नेतलाई मातृशोक परेको छ। बस्नेतकी आमा धार्मिक एबम सामाजिक व्यक्तित्व पवित्रा बस्नेतको ७९ बर्षको उमेरमा गत आइतबार निधन भएको हो ।

अचानक स्वास्थ्यमा समस्या आएपछि पोखरा र काठमाडौँस्थित बिभिन्न अस्पतालहरुमा उपचार गराउने क्रममा उनको निधन भएको बुझिएको छ।

स्व. पवित्रा बस्नेतका श्रीमान मोहनराज बस्नेत बिगत केहि बर्ष देखि अस्वस्थ छन । उनलाई प्यारालाइसिस भएकोले बोल्न र हिंडडुल गर्न समेत समस्या छ। मोहनराज बस्नेतले लामो समयसम्म नेपाल प्रहरी सेवामा रहेर काम गरेका थिए।

प्रहरी नायब उपरिक्षकको रुपमा कार्यरत रहँदै गर्दा प्रहरी सेवाबाट अवकास लिएका बस्नेतले राजनीतिमा समेत चासो राख्ने गरेकोले तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा उनि तत्कालिन लेखनाथ नगरपालिकाको उपप्रमुख बनेर केहि समय काम गरेका थिए।

स्व. बस्नेतका श्रीमान मोहन र छोरा ओम सहित एक छोरी बिरण बस्नेत रहेकी छन बुहारी निर्मला बस्नेत पोखरा महानगरपालिका वडा न. १० को कार्यालयमा कार्यरत छिन ।

स्व. बस्नेतप्रति श्रद्दान्जली अर्पण गर्न तथा परिवारजनमा समबेदना अर्पण गर्न बिभिन्न राजनीतिक दल र संघसंस्थासंग सम्बद्ध व्यक्तित्व सहित आफन्त र सर्बसाधारणहरु पुग्ने क्रम जारी रहेको छ ।

३१ आश्विन २०८२, शुक्रबार १०:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा